ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


एबीसी न्यूज

 

काठमाडौं, ९ पुस  ।  महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल तथा जबरजस्ती करणी सम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिनुभयो । उहाँले सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न  सदैब सजग हुन समेत आग्रह गर्नुभयो ।

विद्यार्थीहरुले राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी नायव महानिरीक्षक क्षेत्रीले सुरक्षाका लागि प्रहरी औपचारिक पात्र हो भने अनौपचारिक रुपमा सबै जनता भएको उल्लेख गर्दै नागरिकले प्रहरीलाई कुनै पनि आपराधिक गतिविधिका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त महाराजगंजको एरियामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत हाल सम्म २ ओटा सामुदायिक पालिका समिति, २१ वटा समुदायिक प्रहरी वडा समिति र १०४ वटा प्रहरी विद्यालय सम्पर्क समिति गठन भई सकेको र १२ वटा विद्यालयमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गतप्रशिक्षण प्रदान गरिसकेको र उक्त कार्यक्रमलाई थप तिव्रता दिने कार्यक्रममा जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती बोर्डिङ स्कूलका निर्देशक डा. सुरेन्द्र सिटौलाले शैक्षिक संस्थाको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महानगरीय प्रहरी बृत्त महाराजगंजद्धारा आयोजित उक्त कार्यक्रममा प्रोलिफिक मावि धुम्बाराही, बागमती कलेज सुकेधारा र द इनसाइट भिजन स्कूल धुम्बाराहीका शिक्षक तथा अध्ययनरत बिद्यार्थीहरु एवं प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com