ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्ष बितिसक्दा पनि जडान भएन पेट्रोलको ट्यांकरमा ताला


admin

काठमाण्डौं ४, असोज । पेट्रोलियम ढुवानी गर्दा हुने चुहावट रोक्नको लागि सरकारले ‘सेक्युरिटी लकिङ सिस्टम’ जडान गर्ने अवधारणा ल्याए पनि अहिले सम्म लागु हुन सकेको छैन । सरकारले उक्त निर्णय दुइ वर्ष पहिले नै कार्यान्वयनमा ल्याएको थियो ।

दुवै पक्षबाट ढिलाइ हुदाँ उक्त प्रविधि कार्यान्वयनमा आउन नसकेको हो । भारतले पनि आफ्ना ट्यांकरमा ताल्चा लगाइरहेका कारण ढिलाइ भएको निगमको दाबी छ । कात्तिक ०७३ मै निगमले दुई महिनाभित्र सबै ट्यांकरमा लकिङ प्रणाली जडान गर्न निर्देशन दिएको थियो ।

उक्त प्रविधिको चाबी भारतबाट तेल लोड गर्ने डिपो र ट्यांकरले तेल खन्याउने आयल निगमको डिपोसँग मात्र हुनेछ । बीच बाटोमा इन्धन खन्याउन मिल्ने छैन । त्यसकारण चुहावट वा चोरी हुने सम्भावना रहँदैन ।

भारतबाट इन्धन लोड गरेर ढुवानी भएको तेल कर्मचारीहरूको मिलेमतोमा बीच बाटोमा ट्यांकरबाटै हराउने समस्या छ ।

तेल लोड गर्दा र खन्याउदाबीचको अवधिमा ढुवानीका क्रममा तापक्रमका कारण पर्न सक्ने फरक परिमाणको हकमा निगमले दिने क्षतिपूर्तिमा टेकेर ट्यांकर कर्मचारीले अनियमितता गरेका घटना छन् । अहिलेको लकिङ प्रणालीमा ताल्चा तोडेर सजिलै तेल चोर्न सकिन्छ ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले आगामी मंसिरभित्रमा सबै ट्यांकरमा लकिङ राख्नुपर्ने माग रहेको बताए । फिटिङ गर्ने दक्ष जनशक्तिका अभावका कारण पनि लकिङ जडानमा ढिलाइ भएको उनको भनाइ छ । बोहराका अनुसार एउटा ट्यांकरमा लकिङ प्रणाली जडान गर्न करिब एक लाख रुपैयाँ लाग्छ । अब आउने नयाँ ट्यांकरमा भने पहिले नै लकिङ प्रणाली जडान हुने निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com