
काठमाडौं,८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास र समृद्धिका लागि अघि बढेको बताउनु भएको छ ।
नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले कानुनी शासन र समाजिक न्याय सहितको लोकतन्त्रलाई मजवुद बनाएर समृद्ध नेपाल ,सुखी नेपालीको लक्ष्य हासिल गरिने बताउनु भएको छ ।
“सामाजिक सद्भाव र समानताको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर देशमा आर्थिक क्रान्ती हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले लामो समय राजनीतिक क्रान्ती ग¥यौं ।
अब आर्थिक क्रान्ती गरेर देशलाई समृद्धिको बाटोमा हिडाउँनु पर्दछ ।”कतिपय संघ संस्थामा राजनीति घुसेर त्यसलाई प्रदुषित पारेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
“केही केही संस्थामा राजनीति घुसेर तिनलाई प्रदुषित बनाएका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “कहिले बैचारिक प्रभाव,कहिले द्रव्य लाभ वाकतेतिरको संलग्नताले यस्तो हुन्छ । यस्ता प्रदुषकलाई निस्तेज बनाएर संस्थाहरुलाई व्यावशायिक बनाउनु पर्दछ । ”







प्रतिक्रिया दिनुहोस्