एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने न्युयोर्क निवासी विश्व शाहले जनाएका छन् । एनआरएन आन्दोलनमा लामोसमयदेखि सकृय शाहले आफूलाई साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।
कुनै पनि दल, समुह, गुट वा प्यानलमा सहभागी नभएका शाह भन्छन् – ‘म कुनै गुट वा प्यानलबाट नभई सबैको साझा उम्मेदवारका रुपमा अगाडि बढ्दैछु । र बरिष्ठ उपाध्यक्षका रुपमा निर्वाचित भइसकेपछि सबैका लागि काम गर्नेछु ।’
एनआरएन अध्यक्षका सबै उम्मेदवार आकांक्षीहरुले आफ्नो उम्मेदवारीलाई सकारात्मक रुपमा लिएका शाहले जानकारी दिएका छन् । त्यस्तै एनआरएन केन्द्रीय नेतृत्वका व्यक्तित्वहरुले पनि आफूलाई एनआरएनमा उम्मेदवारी दिन प्रेरित गरिरहेको उनले जानकारी दिए । शाह भन्छन् – ‘एनआरएन आन्दोलनप्रति मेरो रुची, सबैको साथ सहयोग र उत्प्रेरणाका कारण मैदानमा उत्रने आँट मिलेको छ ।’
प्रतिक्रिया दिनुहोस्