
काठमाडौं,७ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई विश्वकै पहिलो ‘नमूना बुटिक विमानस्थल’को रुपमा विकास गर्ने दावी गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले नेपालीपन झल्कने खालका गतिविधिद्धारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै विदेशी पर्यटकहरुलाई स्वागत गर्ने गरी ‘बुटिक विमानस्थल’ बनाउने योजना अघि सारिएको र सोही योजना अनुसार काम सुरु गरिएको पनि औपचारिक जानकारी गराउनु भयो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो बुटिक विमानस्थलमा नेपाली संस्कृति, इतिहास, कला, भाषा आदि झल्कने गरी कामलाई अघि बढाउने पनि स्पष्ट पार्नु भयो ।
बाहिरबाट आउने पर्यटकलाई विमानस्थलमै नेपाली उत्पादन ग्रिन टि निःशुल्क खुवाएर स्वागत गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।प्रधानमन्त्री ओलीले सरकारले आफ्नो सभ्यता, संस्कृति, भेषभुषाको संरक्षण र विकासमा जोड दिएको पनि बताउनु भयो ।
उहाँले नेपालीपनलाई झल्काउने गरी त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको काम अघि बढाउन निर्देशन दिइएको पनि जानकारी दिनु भयो । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको कामलाई पनि सरकारले तीव्रता दिईरहेको छ ।







प्रतिक्रिया दिनुहोस्