ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश र जनताको हितमा काम गरिरहेको छु कसैले केही बिगार्न सक्दैन् :  प्रधानमन्त्री ओली


admin
पुस ७, २०७५ शनिबार  ५ : ४३ बजे

काठमाडौं,७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने प्रयास भईरहेको दावी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई जस्तै आफू नेतृत्वको वर्तमान सरकारलाई पनि असफल गराउने प्रयास भईरहेको बताउनु भएको हो ।

शनिबार काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले आफू देश र जनताको हितमा काम गरिरहेकाले कसैले केही बिगार्न नसक्ने पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले देशप्रति बेईमानी नगरी राष्ट्रिय स्वाभिमानका साथ सरकारले काम गरिरहेको दावी पनि गर्नु भयो ।

देश विकासका लागि आफ्नो प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो विरोध गर्नेहरुले केही पनि बिगार्न नसक्नेमा आफू ढुक्क रहेको पनि बताउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले धराहरा पुनर्निर्माणको काम २ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता पनि दोहो¥याउनु भयो ।

उहाँले भूकम्पले ध्वस्त बनाएको रानीपोखरीलगायतका सम्पदाहरुको पुनर्निर्माण पुरातात्विक महत्वको हुने भन्दै त्यसमा विरोध नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भयो । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको सम्पदाहरुको पुनर्निर्माणको काम आफू सरकारबाट हटनु परेपछि अलपत्र परेको पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री ओलीले सांस्कृतिक चाडपर्वहरुको विदा कटौति गर्ने निर्णय पुनर्विचार गर्ने पनि बताउनु भयो । उहाँले जनताको सेवा गर्ने समय थोरै भएकाले सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पार्नु भयो ।

विभिन्न जातीय समूदायले आफ्नो चाडपर्वमा गरिएको विदा कटौति खारेज गर्न माग गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आवश्यक छलफल गरेर त्यसमा पुनर्विचार गर्न सकिने आश्वासन पनि दिनु भयो ।

प्रधानमन्त्री ओलीले ज्यापू राष्ट्रिय दिवस कार्यक्रमका लागि १५ लाख आर्थिक सहायता उपलब्ध गराउने घोषणा पनि गर्नु भयो । उहाँले १५ दिन भित्र सरकारले सो सहायता ज्यापू समुदायलाई उपलब्ध गराउने पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा ज्यापू संस्कृतिको संरक्षणमा योगदान पु¥याएकाहरुलाई प्रधानमन्त्री ओलीले सम्मान पनि गर्नु भएको थियो । ज्यापू संस्कृतिको संरक्षणका लागि बसन्तपुरमा ज्यापू संग्राहलय बनाउने योजना पनि अघि सारिएको छ ।

नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ ।

विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर ज्यापू समूदायका करिव ६ लाख नागरिक छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com