ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फेसबुकबाट प्रेम नगर्नुस् ’ अन्यथा मैलेजस्तो…….


एबीसी न्यूज
पुस ७, २०७५ शनिबार  ९ : ३९ बजे

मुम्बई, भारत, ७ पुस ।  “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनुभयो ।

सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताउनुभयो ।

तर सामाजिक सञ्जालमार्फत आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए र उहाँलाई त्यहीँबाट पक्राउ गरियो । उहाँलाई पछि जासूसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा छ बर्षको जेल सजाय तोकियो ।

“अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस् र फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् ‘माया जाल’ मा नफस्नुस् ,” अन्सारीले आफू रिहा भई भारत फर्केको तीन दिनपछि एएफपीसँगको कुराकानीमा भन्नुभयो ।

पाकिस्तानी जेलमा छ बर्षको बसाइपछि मङ्गलबार घर फर्किएका इन्जिनियर अन्सारीले भारतीय सीमानामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग गलामा गला जोडेको र जन्मभूमिलाई पुरै घोप्टो परेर ढोगेको श्रब्यदृश्य स्थानीय सञ्चारमाध्यमहरूले उच्च महत्वका साथ प्रशारण गरेका छन् । उक्त दृष्य सामाजिक सञ्जालमा पनि ‘भाइरल’ बनेको छ ।

“निर्वासित हुन पाउनु मेरो जीवनका लागि सबैभन्दा खुशीको क्षण भएको छ,” तेत्तीस बर्षीय अन्सारीले मुम्बईस्थित आफ्नो घरबाट फोनमा बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब मैले एउटा व्यवसाय शुरु गर्छु । विवाह गर्छु । आफ्नो र परिवारको सुखमा रमाउँछु । मलाई थप सामाजिक बन्नु छैन ।”

क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन् १९४७ मा बेलायतबाट उनीहरू स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन् । उनीहरूले फरक फरक समय र परिस्थितिमा एक अर्काका नागरिकलाई जासूसी आरोपमा पक्राउ गर्ने र थुन्ने बिषय सामान्यजस्तै देखिँदै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानी तेल तथा ऊर्जा सुविधामाथि आक्रमणको धम्की फेरि दोहोर्‍याए

कांग्रेस विभाजनको बाटोमा

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com