ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा अध्यक्ष र जापानको माथिल्लो सदनका प्रतिनिधिबीच भेट


admin
पुस ६, २०७५ शुक्रबार  ३ : ५२ बजे


काठमाडौं, ६ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको दुबै पक्षले बताउनुभयो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देशबीच समान विचारका कारण सम्बन्ध समस्यारहित रहँदै आएको धारणा राख्नुभयो । उहाँले जापानको माथिल्लो सदनका चार सदस्यीय प्रतिनिधिमण्डलको भ्रमणले नेपाल र जापानको संसदबीचको सम्बन्ध मजबुद हुने विश्वास व्यक्त गर्नुभयो ।

‘यहाँहरुको भ्रमणले दुई देशको सम्बन्ध सरकार, संसद र जनतासम्म प्रगढ हुने विश्वास लिएको छु,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सरकार प्रमुख तहमा समेत भ्रमण आदानप्रदान हुन जरुरी छ ।’

अध्यक्ष तिमिल्सिनाले नयाँ संविधान निमार्ण पश्चात तीन तहको निर्वाचन सम्पन्न गरी आवश्यक कानुन निमार्णमा संसद लागिरहेको जानकारी गराउनुभयो ।

साथै उहाँले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर अगाडि बढेको सरकारले पूर्वाधारसँगै उद्योग, व्यापार, पर्यटन र कृषिको आधुनिकिकरण जोड दिइरहेको बताउनुभयो । ‘नेपालको समृद्धिको यात्रामा जापानको पूर्ण साथ र सहयोग हुने अपेक्षा लिएका छौं,’ उहाँले भन्नुभयो ।

सो अवसरमा जापानका जनताबीच पनि सुमधुर सम्बन्ध रहेको बताउनुहुँदै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘नेपाल र जापानमा अध्ययन, रोजगारी र व्यापारको शिलशिलामा पुगेका नेपाली पुगेका छन् । त्यस्तै बुद्ध जन्मभूमी नेपालमा जापानी नागरिक घुम्न आउनुहुन्छ । यो संख्या अझै बढ्ने अपेक्षा लिएको छु ।

त्यसैगरी जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी ओगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको र यसलाई जनस्तरसम्म पु¥याउन आफूहरु नेपाल आएको बताउनुभयो ।

उहाँले भ्रमणका क्रममा नेपालमा जापानको सहयोगमा निमार्णाधिन पाँच परियोजनाको अवलोकन भ्रमण गरेको बताउनुभयो । ‘हाम्रो पुरानो मित्र राष्ट्र नेपाल स्थायी सरकार निमार्ण गरी समृद्धिको यात्रामा रहेको छ,’ उहाँले भन्नुभयो, ‘नेपालको यो यात्रामा सहयोग र साथ दिन तयार छौं ।’ ओगाआले देशको समृद्धिको यात्रामा सबैभन्दा पहिले जनताको वृत्ति विकासमा जोड दिन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com