
काठमाडौं, ६ पुस नेपाल आयल निगमले उच्च दरमा मुनाफा राखेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा आएको गिरावटस“गै मूल्य घटाएको दाबी गरेपनि आयल निगमको नाफाखोर प्रवृत्ति मौलाउंदो छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले मूल्य घटेको सूची पठाएपछि नेपाल आयल निगमले पनि मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्यो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान २–२ रुपैया“ घटायो । बुधबार बिहानबाट उपभोक्ताले पेट्रोल १ सय १० तथा डिजेल र मट्टीतेल समान ९७ रुपैया“ प्रतिलिटरमा खरिद गरेका छन् । तर, खाना पकाउने ग्यांस र हवाई इन्धनको भने मूल्य घटेको छैन ।
आइओसीले निगमलाई प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयां मूल्यसूची पठाउने गरेको छ । सोही आधारमा लामो समयपछि मूल्य घटाएको निगमले उपभोक्तालाई प्रतिलिटर २ रुपैया दिएको छ । तर, आफुले भने आगामी १५ दिनका लागि ८८ करोड २२ लाख रुपैयाँ“नाफा सुनिश्चित गरेको छ ।
नेपालमा तेलको भाउ घट्ने या बढ्ने विषय भारतीय आयल निगमको भाउसंग निर्भर गर्दछ । अन्तराष्ट्रिय बजारमा हुने उतारचढावसंग नेपालको भाउले त्यति अर्थ राख्दैन । तर, अन्तराष्ट्रिय मूल्य अनुसार बजारमा मूल्य नघटेको भन्दै भारतमै बारम्बार विरोध हुने गर्छ ।
कच्चा तेलको दररेटमा आएको गिरावटसगै आइओसीले मूल्य घटाइएर पठाएको भनिए पनि नेपालमा भने उपभोक्ता सधैंभर आयल निगमको नाफाखोर प्रवृत्तिको चपेटामा पर्ने गरेका छन् ।
अहिले, अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ८५÷८६ डलर प्रतिव्यारलबाट घटेर ५८/५९ डलरमा आएको छ । तर, तेलको भाउ बढेको समयमा समेत घाटा सहेर भएर पनि निगमले मूल्य व्यवस्थित गर्नुपरेको बताउंछन् नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइत ।
जसका कारण नेपाली उपभोक्ताले अन्तराष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । आयल निगमले तेल खरिद गर्दै आएको आइओसीसग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैय १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै मूल्य घटाएको छ ।
तर, निगमले यसअघिको घाटा पूर्ति गर्ने भन्दै अन्तराष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन नगरेर चर्को नाफा राखेको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको कारोबारमा ३ अर्ब २६ करोड रुपैय सञ्चित नोक्सानी रहेकाले भर्पाई गर्न अहिले मूल्य समायोजनमा कठोर बनेको निगम प्रवक्ता वीरेन्द्र गोइतले दाबी गरे ।
नेपाल आयल निगमले विगत केही वर्षदेखि स्वचालित मूल्यप्रणाली लागु गरेको छ । यसको सोझो अर्थ हो, अन्तराष्ट्रिय बजारमा तेलको मूल्य ओरालो लाग्दा नेपालमा पनि घट्नु पर्छ । उकालो लाग्दा नेपालमा पनि मूल्य बढ्नु पर्छ । तर, निगमले भने अन्तर्रा्ष्ट्रिय बजारमा भाउ बढ्दा मूल्य बढाइ हाल्छ । भाउ घट्दा मूल्य घटाउन कन्जुस्याईं गर्छ । निगमभित्र हुने अनियमितता, नाफाखोर प्रवृत्ति र चुहावटलाई भने कहिल्यै नियन्त्रण गर्न चाहंदैन । जसको मारमा आम उपभोक्ता परिरहेका छौं ।







प्रतिक्रिया दिनुहोस्