ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न


admin

दार्चुला, ५ पुस । लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ ।

भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा सञ्चालन हुने ट्युब विस्थापनअन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काम पूरा भएको हो । पुल निर्माणको औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्न मात्रै बाँकी रहेको निर्माण कम्पनी मनोमालिका कन्सटक्र्सनका प्रतिनिधि दीपक साउँदले बताउनुभयो । पुलको प्राविधिक रुपमा स्वीकृत गरेपछि झोलुङ्गे पुलबाट आवतजावत गर्न दिइनेछ ।

पुल निर्माणको प्राविधिक मूल्याङ्कन गर्न यही दुई तीन दिनभित्र प्राविधिक टोली लाली आउने कार्यक्रम रहेको साउँदले बताउनुभयो । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते देशभरका तुइन दुई वर्षभित्र हटाउने घोषणा गर्नुभएको थियो ।

उक्त घोषणमा दार्चुलाको लेकम क्षेत्रमा सञ्चालन रहेको ट्युब तथा उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका तुइन विस्थापन गर्ने लक्ष्य राखिएको थियो ।

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुङ्गे पुल निर्माणको लागि ०७३ असोज ४ गते कूल रु एक करोड ३२ लाख लागतमा सम्झौता भएको थियो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षौंदेखि महाकाली नदीमाथि ट्युबको सहारामा आवतजावत गर्दै आएका स्थानीयवासीलाई पुल निर्माणले सहज भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताउनुभयो ।

पुल निर्माण करीब सकिएको छ, बुडालले भन्नुभयो, “दुवैतिर ढोका बन्द गरेर राखेका छौँ । अहिले पुलमा आवतजावत गर्न दिएका छैनौँ । प्राविधिक रुपमा मूल्याङ्कन नगरिएको कारण पुलबाट स्थानीयवासीलाई आवतजावत गर्न नदिइएको हो ।

पुल निर्माणपछि लेकम गाउँपालिका वडा नम्बर १, २, ३, ४, र ५ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने लेकम गाउँपालिका स्थानीयवासी गणेश भण्डारीले बताउनुभयो । २०४८ सालमै लालीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण हुन्छ भनेर सुनेका स्थानीयवासीले झण्डै ३० वर्षपछि झोलुङ्गे पुल पाएका हुन् ।

पुल नहुँदा यहाँका स्थानीयवासीले ट्युबको सहारामा दैनिक उपभोग्य सामग्री ल्याउनुपरेको थियो । लेकम क्षेत्रलाई जोड्ने नेपालतिरको निर्माणाधीन महाकाली करिडोरले गति लिएको छैन ।

लालीको झोलुङ्गे पुल निर्माणपछि लेकम क्षेत्रको व्यापारिक नाकाको रुपमा यो क्षेत्र विकास हुने गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनुभयो । लेकम क्षेत्रको लाली उर्बर भूमि भएको क्षेत्र हो । सडक पहुँच नहुँदा यहाँ उब्जनी हुने धान दाल अन्न बिक्री गर्न समस्या हुने गरेको थियो ।

सुरक्षा चुनौती 

नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणपछि पुलको सुरक्षा तथा सामान जाँच गर्न समस्या उत्पन्न भएको छ । दुई देश जोड्ने महाकाली नदीमाथि निर्माण भएको पुलको सुरक्षा तथा पुलबाट आयात निर्यात हुने सामानको जाँचको लागि समस्या भएको हो ।

भारतीय पक्षले पुल निर्माणसँगै सुरक्षाकर्मी बस्ने भवन निर्माण गरेको छ । पुल सँगसँगै स्थानीय मानसिह भाटको जमीन भाडामा लगेर भवन निर्माण गरेको हो । पुल छेउमै एसएसबी राख्नको लागि भवन निर्माण गरेको छ । यता नेपालतिर भने प्रहरीको लागि प्रहरी बिटसमेत बनाउन समस्या भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताउनुभयो ।

“अहिलेको सीमा चौकीबाट १०÷१५ मिनेट लगाएर झोलुङ्गे पुल पुग्नुपर्छ । अहिलेलाई बिहानदेखि बेलुकीसम्म ड्युटी खटाउने गरिएको छ” उहाँले भन्नुभयो, “पुलमा नियमित आवतजावत गरेपछि रातिको समयमा खोल्नुपरे समस्या हुन्छ ।” छिमेकी भारतमा पक्की संरचनामा भवन निर्माण भइसकेको छ, हामीतिर भवन त परै जाओस् प्रहरी बस्न पोष्टसमेत निर्माण गरिएको छैन । पुल निर्माण गर्ने निर्माण व्यवसायीलाई भन्दा घाटा भइसकेको छ भनेर पन्छिने गरेको छ । गाउँपालिकाले पनि अहिलेसम्म सहयोग नगरेको बुडालको भनाइ छ ।

उक्त ठाउँमा प्रहरी बिट राख्न र भन्सार स्थापनाको लागि गाउँपालिकाले पहल गरे पनि निर्णय भइनसकेको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशी बताउनुहुन्छ । प्रहरी पोष्ट राख्न स्वीकृतपछि भन्सार पनि चाहिन्छ, उहाँले भन्नुभयो, “भन्सार बिना भारतीय सामान ल्याउन स्थानीयवासीलाई समस्या हुन्छ । लेकम र मालिकार्जुनको ठूलो क्षेत्रका नागरिक यही पुल भएर आवतजावत गर्छन् ।” विगतमा छोटी भन्सार कार्यालय रहेको यस क्षेत्रमा भन्सार पुर्नबहाली गर्न गाउँ कार्यपालिका बैठकले निर्णय गरी माग भइसकेको अध्यक्ष जोशी बताउनुहुन्छ ।

मार्मा विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा 

विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा नजोडिएको दार्चुलाको मार्मा गाउँपालिका पहिलोपटक विद्युत्को प्रसारण लाइनमा जोडिएको छ । दार्चुला वितरण केन्द्रअन्तर्गत शिखरको बलाँचदेखि मार्मा गाउँपालिकाको लटिनाथसम्मको ११ केभी प्रसारण लाइन जोडिएपछि मार्मा विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

गाउँपालिकाको विभिन्न क्षेत्रमा ग्रामीण विद्युतीकरण भएसँगै अहिले प्रसारण लाइनको परीक्षण भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

उक्त क्षेत्रमा पर्ने विद्युतीय उपकरणमा विद्युत् चार्ज प्रवाह भइरहेकाले पोल र तार नछुन विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले आग्रह गरेको छ । विद्युत्को राष्ट्रिय प्रसारण लाइनअन्तर्गत अहिले मार्मा गाउँपालिका–४ मा बिजुली बत्ती बालिएको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले जानकारी दिनुभयो ।

चमेलिया जलविद्युत्बाट मार्मा गाउँपालिकासम्म अहिले एक मात्रै ट्रान्सर्फमर राखेर बत्तीको परीक्षण गरिएको छ । बत्ती पुगेको क्षेत्रमा केही दिनमै मिटर वितरण शुरु हुने शाहको भनाइ छ । अहिले सफलरुपमा प्रसारण लाइन जोडिएको छ, उहाँले भन्नुभयो, “मिटर सबैले लगाएपछि पहिलो चरणमा ५०-६० घरधुरीमा बत्ती दिइन्छ ।”

मार्मा गाउँपालिका–४ मर्मती, वडा नम्बर ६ शेरी, वडा नम्बर ३ को लटिनाथ बजार, रिल, बजानी, बिटुले, च्युरानी, गाउँपालिका कार्यालय र नालाबगडलगायतका स्थानमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेसँगै स्थानीय घर, पसलमा वायरिङ गर्न थालेका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ मा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलासँग सम्झौता गरेर काम शुरु गरेको लटिनाथ एण्ड जोशी निर्माण सेवाले उक्त क्षेत्रमा विद्युतीकरणको काम गरेका थियो ।

अहिलेसम्म राष्ट्रिय प्रसारणको विद्युत् नपुगेको मार्मामा पछिल्लो समय विद्युतीकरणमा प्रगति भएर परीक्षणको कामसमेत हुँदा स्थानीयवासी खुशी भएका छन् स्थानीय देवसिंह महराले भन्नुभयो । ढिलै भए पनि विद्युत्को सफल परीक्षण भएको छ ।

गाउँपालिकाको लागि थप चार पाँच वटा ट्रान्सर्फमर राख्न सके सबैको घरमा बत्ती पु¥याउन सकिन्छ । चालू आवमा समेत मार्मा गाउँपालिकामा विद्युतीकरणका लागि रु एक करोड बजेट नियोजन भएको छ । अहिले मार्मा गाउँपालिकालगायत बजार क्षेत्रमा विद्युत् पुगेको मार्मा गाउँपालिकाका सव इञ्जिनीयर विक्रम जोशी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com