ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र ‘जीरो’ फिल्मकी अभिनेत्री कट्रिना किन रिसाइन् ?


admin

काठमाडौं,५पुस । चलचित्र ‘जीरो’ फिल्मकी अभिनेत्री  कट्रिना केफले चित्त दुखाएकी छिन् । शुक्रबार रिलिज हुन लागेको ‘जीरो’ फिल्ममा नाम राख्ने क्रममा अनुष्का शर्माको नाम कट्रिना केफको भन्दा अगाडि राखिएकोले  केफले चित्त दुखाएकी हुन । अभिनेता शाहरुख खानको हरेक फिल्ममा उनको नामभन्दा अगाडि अभिनेत्रीहरुको नाम लेख्ने चलन रहेको थियो ।

यतिबेला अभिनेत्री कट्रिना केफमाथि अन्याय भएको समेत चर्चा हुन लागेको छ । फिल्म ‘जीरो’ मा सबैभन्दा अगाडि अभिनेत्री अनुष्का शर्माको नाम राखिएको छ र त्यसपछि कट्रिना केफको नाम र त्यस पछाडि अभिनेता शाहरुख खानको नाम राखिएको छ ।

अनुष्का शर्माभन्दा अगाडि कट्रिना केफको नाम राखिनुपर्ने भन्ने चर्चा चलिरहेको बताइएको छ । किनकि कट्रिनाले अनुष्काको भन्दा धेरै अगाडि बलिउड करियर सुरु गरेकी थिइन् ।

आनन्द एल रायको निर्देशनमा बनेको फिल्म ‘जीरो’ यसै शुक्रबार २१ डिसेम्बरमा प्रदर्शन हुन लागेको छ ।

फिल्म ‘जीरो’ निर्माण यूनिटले एक सदस्यका अनुसार यसरी नाम राख्दा यस विषयमा ध्यान नदिएको बताएका छन् । साथै यस फिल्ममा अनुष्का शर्माको भूमिका कट्रिनाको भन्दा धेरै पनि नरहेको बताइएको छ ।

यस फिल्ममा अनुष्का र कट्रिना दुवैको भूमिका बराबर रहेको र दुवैजना आफ्नो भूमिकाप्रति खुशी रहेको समेत बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com