ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यपुरामा दुई महीनादेखि विद्युत् उत्पादन बन्द


admin
पुस ५, २०७५ बिहीबार  २ : ३२ बजे

नवलपरासी, ५ पुस । पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको छ ।

नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी भारतीय गण्डक नहरमा पानी बन्द भएका कारण नहरमा आवश्यकताअनुसार पानी नहुँदा विद्युत् उत्पादन गृहमा लामो समयदेखि विद्युत् उत्पादन बन्द हुन पुगेको हो ।

कार्यालयका अनुसार भारतीय पक्षले गण्डक नहरमा गत कात्तिक ६ गतेदेखि नहरमा पानी बन्द गरेपछि नहरमा आवश्यक पानी नहुँदा उत्पादन बन्द हुन पुगेको छ । भारतीय पक्षले प्रत्येक वर्ष एक पटक गण्डक नहरको मर्मतसम्भार र सरसफाइ गर्ने भनेर करीब दुई महीनाका लागि नहरमा पानी बन्द गर्ने गर्दछ । सो अवधिभर विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुने निश्चित छ ।

विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनका लागि कम्तीमा पनि चार हजार क्युसेक पानी आवश्यक पर्दछ । अहिले आवश्यकताअनुसार नहरमा पानी नहुँदा उत्पादन बन्द छ । तत्कालै अब नहरमा आवश्यक पानी आएपछि पुनःविद्युत् उत्पादन गृहबाट विद्युत् उत्पादन गर्ने गृहको योजना छ ।

प्रतिदिन ३.५ देखि चार युनिट विद्युत् उत्पादन हुने यस विद्युत् उत्पादन गृहमा करीब दुई महीनादेखि विद्युत् उत्पादन नहुँदा सरकारलाई दैनिक लाखौँ राजश्व घाटा हँुदै आएको अवस्था देखिन्छ ।

विद्युत् उत्पादन गृहको स्थापनाकालमा तीन वटा टवाईन जडित गरी दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको भए पनि विगत दश वर्षदेखि दुई वटा टवाईन पूर्णरुपमा बिग्रिएर थन्किएका छन् ।

नहरमा आवश्यकताअनुसार पानी भएको अवस्थामा लामो समयदेखि एउटा मात्र टवाईन सञ्चालनमा आउने हुँदा क्षमताभन्दा निकै कम करीब ३.५ देखि चार मेगावाट मात्र विद्युत् उत्पादन हुने गर्दछ ।

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारको सहयोगमा तयार गरिएको विद्युत् उत्पादन गृहलाई २०३६ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै, बालेनसँगको भेट अझै अनिश्चित

सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै

सम्बन्धित

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्दै

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com