ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाका कर्मचारीले आन्दोलन गरेपछि..


admin
पुस ५, २०७५ बिहीबार  १ : ४० बजे

बेझाड, ५ पुस । अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।

दिउँसो वडा कार्यालयमा कामका लागि पुग्नुभएकी रामपुर नगरपालिका–६ का लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्कनुपरेको बताउनुभयो । “मेरो अति आवश्यक काम परेका कारण साँझपख आन्दोलनको समय सकिएपछि वडा कार्यालयमा सेवा लिन पुगेँ”, उहाँले भन्नुभयो ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाइ समिति रामपुर नगरपालिकाका कर्मचारीले मङ्गलबारदेखि आन्दोलन शुरु गरेका हुन् । मङ्गलबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म, बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरेको समितिका सचिव वासुदेव ढकालले जानकारी दिनुभयो ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आन्दोलन जारी राख्ने उहाँले बताउनुभयो । पाँच वडा सचिव, तीन इञ्जिनीयर, दुई सबइञ्जिनीयर, पाँच सामाजिक परिचालक, १४ कार्यालय सहयोगी, तीन सवारी चालक गरी ३२ आन्दोलित कर्मचारीले कार्यालको कामकाज ठप्प पारेका छन् ।

कर्मचारीको समायोजनामा स्थानीय निकायका कर्मचारीलाई सम्मानजनक व्यवस्था हुनुपर्ने, साविकका काम गर्दै आएका अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकको सेवाको निरन्तरताका साथै कर्मचारीको सुविधा, केही प्रक्रिया पुगेका र लामो समय काम गरेका कर्मचारीलाई विशेष मौका दिई प्रक्रिया पु¥याएर स्थायीको माग गर्दै कर्मचारी समायोजन ऐन २०७५ मा स्थानीय तहमा कार्यरत (जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) कर्मचारीलाई समायोजनमा समावेश गरियोस् भनी आन्दोलन गरिएको नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाइ समिति रामपुर नगरपालिकाका अध्यक्ष मदन पराजुलीले बताउनुभयो ।

नगरपालिका कार्यालय र दशवटै वडा कार्यालयमा कार्यरत कर्मचारी आन्दोलन गरेपछि कार्यालय सुनसान बनेको छ । सम्बन्धित कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले कार्यालयबाट सेवा नपाएपछि फर्कन बाध्य भएका छन् । बुधबार भने दिउँसो २ बजेपछि नगरपालिकाका केही वडा कार्यालयमा अति आवश्यक सेवा लिन जानेको चहलपहल देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com