ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा पकेटमार विरुद्ध चलाएको अभियान : ४ महिला ७३ पुरुष रङ्गेहात पक्राउ (भिडियोसहित)


एबीसी न्यूज
पुस ५, २०७५ बिहीबार  ११ : ३८ बजे

काठमाडौं , ५ पुस । उपत्यकाको सार्बजनिक सवारी साधन पकेटमाराको अखडा बन्दै गईरहेका छन् । आवश्यकता र बाध्यताले सार्वजनिक सवारीमा यात्रा गर्ने बालबालिका, युवायुवतिदेखि वृद्धवृद्धासम्म दिनानुदिन लुटीनुपरिरहेको छ । पकेटमाराहरुले आफ्नो लुटपाटको समुह नै बनाएर सार्बजनिक यातायातका साधनमा लुटपाट धन्दा मच्चाईरहेका छन् । प्रहरीले उपत्यकामा पकेटमार विरुद्ध चलाएको एउटा अभियानमा १५ दिनमै ४ महिला ७३ पुरुष गरी ७७ जनालाई पक्राउ पर्नुले पाकेटमारीको विगविगी कतिसम्म छ भन्ने पुष्टि हुन्छ ।

महानगरिय प्रहरी परिसर काठमाडौँ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा काठमाडौँ जिल्लामा यहि मंसिर १५ गतेदेखि दुईहप्ता यातायात सुरक्षा साझा अभियानमार्फत सादा पोसाकमा खटिएका प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरीको घट्नामा संग्लन ४ महिला ७३ पुरुष गरी ७७ जनालाई रङ्गेहात पक्राउ गरेर सार्वजनिक गरेको छ । कैलालीबाट आफ्नो बिमारी नाति उपचारका लागि काठमाडौँ आएका वृद्ध सुरेन्द्रबहादुर सिंह आफु गाडीमा लुटिनुपरेको घटना रुदै यसरी व्यक्त गर्छन् ।

पछिल्ला वर्षहरुमा उपत्यकाको जनसंख्याको चाप बढेसँगै चोरी तथा लुटपाटका घट्नामा वृद्धि भइरहेको छ । हालै महानगरिय प्रहरी परिसर काठमाडौँले सार्वजनिक सवारी साधनबाट दुइहप्तामा ७७ जना पाकेटमारा नियन्त्रणमा लिएर सार्बजनिक गरेको छ । सो तथ्याकंबाट के बुझ्न सकिन्छ भने उपत्यकाका सवारी साधनमा लुटपाटको धन्दा फस्टाउँदो मात्रामा छ । पाकेटमाराहरु उपत्यकाका विभिन्न रुटमा २/२ जनाको दरले ६ जना सम्मको समुह बनाई बसभित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीबाट घेराबन्दीमा पारी भिड सिर्जना गरी मोबाइल, नगद, तथा गरगहनाहरु चोरी गर्ने गरेका छन् ।

प्रहरीले पनि पाकेटमाराहरुलाई नियन्त्रणमा लिन तथा कारबाहि गर्न सकिरहेको त छैन । यो विशेष अभियानमा पाकेटमाराहरुलाई नियन्त्रणमा लिए पनि अभियान बाहेकका समयमा पीडित उजुरी गर्न जाँदा समेत प्रहरी कानमा तेल हालेर बस्ने गरेको छ भने यातायात व्यवसायीले पनि यातायातका साधनमा हुने चोरी, डकैती तथा लुटपाटका घटनामा उजुरी गर्दा पनि त्यति चासो देखाएको पाईदैन । तर यातायात व्यवसायीहरु प्रहरीसँग सहकार्य गरेर पाकेटमारा पक्राउन सघाइरहे पनि उनिहरुलाई कारबाही गर्ने स्पष्ट कानुन नभएकोले नियन्त्रण हुन नसकेको धारणा राख्छन् । आफ्नो भुमिकामा शंका नगर्न यातायात व्यवसायीे अनुरोध गर्छन् ।

पाकेटमाराले सवारी साधनमा चोरीको क्रममा सांकेतिक भाषा प्रयोग गर्दै आएका छन् । पैसालाई द, मोबाइललाई कान, पकेटमारी पीडित रामे, पकेटमारी गर्ने काशी, पैसा धेरै छ टानको द, पैसा थोरै छ जुटको द, गाडीबाट झरेर भाग टप्की, गाडीभित्र अगाडी सर अकल जा, गाडीभित्र पछाडी सर चछल जा जस्ता सांकेतिक भाषा प्रयोग गर्दै आइरहेका छन् । त्यसो त सवारीसाधनमा हुने चोरी डकैतिमा यातायातका चालक र सवारी चालकको पनि हात हुने गरेको पीडितहरु बताउँछन् । तर कतिपय घटनामा चालक, सहचालकको भुमिका शंकास्पद हुने भएपनि सबैलाई एउटै टोकरीमा राख्न नहुने भन्दै दोषी माथी कारबाही गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईको भनाइ छ ।

पछिल्लो समय पाकेटमारको रुपमा युवतिहरु प्रयोग हुने क्रम पनि बढीरहेको छ । सवारी साधनमा हुने सांकेतिक भाषा तथा शंकास्पद गतिविधिसँग सर्तक रहन महानगरिय परिसर काठमाडौँका प्रमुख बसन्त कुमार लामाको सुझाव छ ।

सार्वजनिक सवारी साधनमा चोरी गर्नेहरुलाई पहिलो पटक चोरी गरे १ महिना जेल तथा विगो बराबरको जरीवाना, दोस्रो पटक गरे दुई महिनाको कैद तथा विगो बरावरको जरिवाना कैद अथवा दुवै सजाय र सार्वजनिक सेवा अवरुद्ध गर्ने सजाय कानुनमा व्यवस्था छ । तर उनीहरुलाई सजाय पर्याप्त नदिई कतिपय घट्नामा सहमति, मेलमिलाप गरि छाड्नाले पनि अभियुक्त फेरि लुटपाटमा संलग्न भइरहेका छन् । अभियुक्तलाई कडाभन्दा कडा कारबाहि गर्दै सवारी साधनमा हुने चोरी, लुटपाटको घटना रोक्नका लागि यात्रु, यातायात मजदुर, यातायात व्यवसायी र प्रहरी प्रशासनले सर्तक रहदै गम्भिर कदम चाल्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com