
काठमाडौं , ५ पुस । नेपाल र सयूक्त राज्य अमेरिकाबीच झन्डै १७ वर्ष पछि उच्चस्तरीय औपचारिक भेटवार्ता भएको छ । भ्रमणबाट नेपाल र संयुक्त राज्य अमेरिकाबीच सात दशक लामो सहकार्य तथा साझेदारीलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएको परराष्ट्र मन्त्रालयलले प्रेश विज्ञप्ति मार्फत जानकारी दिएको छन ।
अमेरिकाको निमन्त्रणामा भएको यो भ्रमणलाई बर्तमान केप ओली नेतृत्वको सरकारको कूटनीतिक मामिलामा राम्रै सफलताको रुपमा छ । नेपालले पाएको स्थिर सरकार र विकास लक्ष्यमा अमेरिकाको चासो बढ्नु स्वाभाविक रहेको परराष्ट्र मामिला जानकारहरु बताउ“छन् । यद्यपि कुनै एक मुलुकतर्फ ढल्किने वा झुकाव राख्ने भन्दा पनि नेपालले असंलग्न परराष्ट्र नितीको अवलम्बन गरी मुलुकको विकासमा जोड दिन आवश्यक रहेको उनीहरुको भनाइ छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली यति बेला संयुतm राज्य अमेरिकाको औपचारिक भ्रमणमा छन् । ७ दशक पुरानो दौत्य सम्बन्ध रहेको नेपाल र अमेरिकाबीच १७ वर्ष पछि यो उच्चस्तरीय औपचारिक दुईपक्षीय वार्ता भएको हो । पछिल्लो समय सन् २००२ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भ्रमण भएको थियो ।
विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा दुई मुलुकका उच्च पदस्थ व्यतिmहरुको भेट वार्ता भए पनि यस्तो द्धपक्षिय वार्ता भने हुन सकेको थिएन । मंगलबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच भेटवार्ता भएको छ । भेटवार्तापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले संयुक्त राज्य अमेरिकास“गको सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउनेतर्फ ध्यान दिन दुवै पक्ष सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा ‘मिलेनियम च्यालेञ्ज कोअपरेशन’को कार्यान्वयन, नेपालको शान्ति प्रक्रिया, व्यापार, लगानी र विकास सहायतामा दुई देशबीच सहकार्य गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।
बेलायत पछि दोस्रो दौत्य सम्बन्ध कायम मात्र होइन पहिलो पटक आधिकारिक रुपमा सबैभन्दा ठूलो राशीको अनुदान प्रदान गर्ने मुलुक हो संयुतm राज्य अमेरिका । अमेरिका पहिले देखि नै नेपालको विकासमा सहयोग सहकार्य गर्न तयार थियो तर नेपालको राजनितीक अस्थिरताका कारण त्यति प्रभावकारी भएन । अहिले नेपालमा तुलनात्मक रुपमा स्थायित्व आएको छ । त्यसैले सहकार्य गर्न खोज्नु सकारात्मक भएको परराष्टविद्हरु बताउछन ।
नेपालका लागि यो भ्रमण महत्वपुर्ण हो । भ्रमण तालिका र भ्रमणमा भेट गर्ने निकायहरुको विश्लेषण गर्दा सुरक्षाप्रतिको दृष्टिकोणले अझ महत्वपूर्ण भएको देखाउने परराष्ट्र जानकारहरुको विश्लेषण छ ।
नेपालको पछिल्लो परिवर्तन र उपलब्धि विश्वका लागि उदाहरण बनेको छ । यो उदाहरण र उपलब्धिको फाइदा लिई मुलुकको समृद्धिमा सहयोग र सहकार्यको वातावरण बनाउनु अर्को महत्वपुर्ण विषय हो । त्यसो त कुनै पनि मुलुकसंग नजिक वा टाढाको सम्बन्ध भन्दा पनि भारत, चीन र अमेरिकालाई दुई पक्ष्ँिय विकासमा जोड दिनुपर्ने विज्ञहरुको सझाव छ । भेटवार्तालाई फोटो र औपचारिकता र नया“ विषय भन्दा पनि कार्यन्वयनमुखी हुनु पर्ने उनीहरुको जोड छ ।
अमेरिकाले अहिले ७७ वटा नेपाली उत्पादनमा भन्सार छुट दिंदै आएको छ । यसअघि नै नेपालमा विद्युत र सडकका लागि ६५ अर्ब रूपिया“ उपलब्ध गराएको छ । लामो राजनितीक अस्थिरता पार गर्दै आम नागरिकको चाहना संघियता सहितको स्थिर राज्य व्यवस्था स्थापना भएको छ । सरकारले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य तय गरेको छ ।
समृद्धि नेपालका लागि राष्ट्रिय स्रोत र साधनको खोजि मात्र नभई अन्तराष्ट्रिय सहकार्य र समन्वयमा विशेष जोड दिइरहेको सरकारको दावी छ । सरकारले पछिल्लो समय छिमेकी मुलुकसंगको सम्बन्धमा विशेष जोड दि“दै आएको छ । भारत र चीनस“गको सम्बन्धलाई बढी प्राथमिकतामा राखी अन्य मुलुकसंगको कूटनितिक सम्बन्धलाई ध्यान नदिएको टिकाटिप्पणी भइरहेको अवस्थामा यो भ्रमण ठुलो उपलब्धि बन्न सक्छ ।







प्रतिक्रिया दिनुहोस्