
काठमाडौं,४ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोतको अभाव रहेको स्पष्ट पार्नु भएको छ ।
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भईरहेका बेला उहाँले अपराध अनुसन्धानका लागि प्रविधिसहितका स्रोत, साधनको अभाव रहेको प्रतिक्रिया दिनु भएको हो ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पर्याप्त स्रोत, साधानको व्यवस्थापनमा ध्यान दिएर मात्रै अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन पनि राज्यका सबै निकायको ध्यानाकर्षण गराउनु भयो ।
प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठडयाउने काम भईरहेको गुनासो पनि गर्नु भयो । राज्यका सबै निकाय सचेत रहेमात्र अपराध अनुसन्धानको काम प्रभावकारी हुने उहाँको भनाई थियो ।







प्रतिक्रिया दिनुहोस्