
काठमाडौं, ४ पुस । काठमाडौं उपत्यकामा मोनोरेल संचालनको तयारी तिव्र बनाइएको छ । स्थानीय चुनावका बेला मोनोरेल कुदाउने बाचा जनतासामु गरेका वाचालाई पुरा गर्ने तयारी शुरु भएको छ । मोनोरेल कुदाउनका लागि चिनियाँ कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउने भएको छ ।
महानगरपालिका र ललिपुर महानगरपालकाले राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका विच मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका हुन् ।
चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)लाई डीपीआरतयार पार्ने जिम्मा दिएको छ । राष्ट्रिय सभागृहमा महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । सीआरसीसीले मोनोरेल निर्माणका लागि लागि काठमाडौं महानगर र ललितपुर महानगरसँग सम्झौता गरेको थियो । सीआरसीसी चीन सरकारको स्वामित्व रहेको कम्पनी हो ।
मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ । प्ररम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्छ र त्यसको ३ वर्षपछि मोनोरेल बनाइसकिन्छ ।
चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जसअनुसार मोनोरेलको स्टेशन कोटेश्वर–कलंकी, कलंकी–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर गरी तीन खण्डमा हुनेछ ।







प्रतिक्रिया दिनुहोस्