ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमुक्ति सेनाका कमाण्डरलाई झुक्यायो काँगेसले


एबीसी न्यूज
पुस ३, २०७५ मंगलबार  ३ : ०३ बजे


काठमाडौं, ३ पुस। १०४ वर्षे जहानिया राणा शासनको अन्त्यका लागि नेपालमा नेपाली काँग्रेसले सशस्त्र क्रान्ति गर्यो । काँग्रेसको नेतृत्वमा जनमुक्ति योद्धाहरु सशस्त्र क्रान्तिमा सामेल भए । राजनीतिक नेतृत्व काँग्रेसका नेताहरुले गरे ।

युद्ध मोर्चाको नेतृत्व कैयौं कमाण्डरहरुले गरे । २००७ सालमा काँग्रेस, राणा र दरबारबीच भारतको समन्वयमा दिल्ली सम्झौता भयो । सशस्त्र क्रान्ति पुरा भएको घोषणा भयो ।

भनिन्छ, इतिहास विजेताहरुले लेख्ने गर्छन् । नेपाली काँग्रेसले आफुलाई विजेता सम्झियो । काँग्रेसका नेताहरु दिल्ली सम्झौता लगत्तै मोहन शमशेरको नेतृत्वमा मन्त्री भए । पछि प्रधानमन्त्री भए । नेपालको राजनीतिक इतिहास त्यसैगरी लेखियो । सशस्त्र क्रान्तिलाई सम्पन्न गर्न काँग्रेसका केही सीमित नेताहरुको मात्र योगदान थिएन, त्यो क्रान्ति पुरा गर्न त ती सयौं, हजारौं मुक्ति योद्धाहरुको वीरता, सौर्य र बलिदानको मूल्य सबैभन्दा उच्च थियो ।

तर, २००७ सालको क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाउने मुक्ति योद्धाहरु जनमुक्ति सेनाका योद्धाहरु गुमनाम भए । केही योद्धाको नाम इतिहासको पानामा लेखिए पनि धेरै गुमनाम योद्धाहरुले आफ्नो जीवन गुमनामै बिताए । सशस्त्र क्रान्ति पुरा गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका मुक्ति योद्धाहरु मध्ये एक हुन श्यामकुमार तामाङ । ८८ वर्षीय वृद्ध तामाङ आजसम्म पनि गुमनामै अवस्थामा रहेका छन् । एबीसी टेलिभिजनले यी गुमनाम योद्धाको खोजी गरेको छ । हरेक शुक्रबार राति ७ः३० बजे प्रसारण हुने आत्मवृत्तान्तका लागि लिएको जनमुक्ति सेनाका योद्धा तामाङको युद्धगाथाको पहिलो श्रृंखला ।

पुख्र्यौली घर दोलखा भएका तत्कालिन मुक्ति सेनाका कमाण्डर श्यामकुमार तामाङका बाजे कामको खोजीमा दोलखाबाट दार्जलिङ पुगे । दार्जलिङको खर्साङमा बाबु खड्कबहादुर लामा र आमा रत्नशोभा तामाङको कोखबाट आज भन्दा ८८ वर्ष पहिले जन्मिएका श्यामकुमारले १० कक्षा सम्मको अध्ययन गरेका छन् ।

राणा शासनको अन्त्य गर्ने भन्दै कलिलो उमेरमै युद्धमोर्चामा यसरी होमिएका थिए उनी । २००७, फागुन ४ गते तीनवटा डकोटा विमान काठमाडौंको गौचरनमा झरे । राजा त्रिभुवनसहित राजपरिवारका अन्य सदस्य पहिलो विमानमा सवार थिए । दोस्रो विमानमा बीपी कोइरालासहित अन्य नेताहरू थिए । तेस्रो विमानमा थिए– जनमुक्ति सेनाका कमान्डरहरू, ती कमान्डर कांग्रेस नेता र राजपरिवारको सुरक्षार्थ भारतको पटनाबाट आएका थिए । विमानमा सवार जनमुक्ति सेनाका १२ कमान्डरमध्ये एक थिए – १८ वर्षका श्यामकुमार तामाङ ।

सेना यात्रा
सन् १९४७ सालमा दार्जलिङको चिया बगान नजिकै एउटा पुस्तकालय थियो, जहाँ श्यामकुमार गइरहन्थे । पुस्तकालयमा एकदिन देखा परे नेता गणेशमान सिंह । नेपालको राणा शासनविरुद्ध चर्को भाषण गर्दै सबै विद्यार्थीलाई उनले एक भएर लड्नु पर्ने बताई रहेका थिए । गणेशमानको भाषणले उनलाई नेपालको सेवा गर्ने राणा शासनबाट नेपाललाई मुक्त गर्नुपर्छ भन्ने स्वस्तस्फूर्त रुपमा उनमा उत्साह जागेर आयो । त्यसपछि उनी जनमुक्ति सेनामा भर्ती हुने विचार गरे । उनीसँगै धेरै साथीहरु नेपालमा प्रजातन्त्र स्थापना गर्नुपर्छ भन्दै जनमुक्ति सेनामा भर्ती भए ।

१६ जुन १९४८ मा कलकत्तामा मेजर पुरनसिंह खवासको अध्यक्षतामा जनमुक्ति सेना नेपाल गठन भयो । २३ अप्रिल १९५० मा सुवर्ण शमशेरको नेपाली राष्ट्रिय कांग्रेस र वि.पी. कोईरालाको नेपाली प्रजातान्त्रिक कांग्रेसको एकता कलकत्तामा भएपछि नेपाली कांग्रेस पार्टी बन्यो । जनमुक्ति सेना भन्दा पछि स्थापना भएको कांग्रेसले पनि जनमुक्ति सेनाले जस्तै नेपालमा राणा शासन अन्त्य गर्ने, बहुदलीय प्रजातन्त्र स्थापना गर्ने, जननिर्वाचित सरकार स्थापित गर्ने रहेकोले जनमुक्ति सेना र नेपाली कांग्रेसबीच सशस्त्र संघर्ष गर्ने सहकार्यमा सहमति भएकोले २००७ सालको क्रान्ति सफल भयो ।

श्यामकुमार भन्छन्, ‘१६–१७ वर्षको थिएँ, शरीरमा जोश थियो, राणाशासनको अन्त्य गर्नु अपरिहार्य जस्तो लाग्यो ।’ जनमुक्ति सेनाको केन्द्रीय कार्यालय कलकत्तामा थियो । श्यामकुमारले कलकत्ता पुगेर तालिम लिएँ । राणाविरुद्ध संघर्षको तयारी धमाधम भइरहेको थियो । जनमुक्ति सेनाले विभिन्न माध्यमबाट हतियार जुटाउँदै थियो । त्यही क्रममा हतियारसहित थुप्रै सेना पक्राउ पर्थे । पक्राउ परेकालाई छुटाएर ल्याउने जिम्मा थियो, श्यामकुमारको । उनी प्रहरीसँग गएर भन्थे, ‘यो हतियार आपराधिक कामका लागि होइन, नेपालमा स्वतन्त्रता प्राप्तिको क्रान्तिको लागि हो ।’

त्यसबेला भारतमा पनि स्वतन्त्रताको आवाज गुञ्जिरहेको थियो । स्वतन्त्रताको विषय उठेपछि धेरैले सहयोग गर्थे । अन्ततः श्यामकुमार प्रहरीबाट साथीहरू छुटाएर ल्याउँथे । सुवासचन्द्र बोसको ‘आजाद हिन्द फौज’ मा काम गरेका नेपाली कमाण्डरहरू पनि थिए, जनमुक्ति सेनामा । त्यति मात्र होइन, भारतभर छरिएका नेपालीहरू जनमुक्ति सेनामा भर्ती भइरहेका थिए ।

जहानीया राणा शासनबाट मुक्त गर्न नेपाली कांगे्रसले भारतका बिभिन्न ठाउँमा राजनीतिक अभ्यास गरिरहेको थियो । सशस्त्र क्रान्ति बिना राणालाई पराजित गर्न सकिने अवस्था थिएन । सन् १९४८ मे २० तारिकका दिन कलकत्ता चौरङ्घीमा विश्वयुद्धमा संलग्न योद्धाहरु र केही उत्साही प्रवासी नेपाली युवाहरुबीच एउटा गोप्य बैठक बसी सशस्त्र क्रान्तिकारी दल गठन भयो । उक्त दलको नामकरण याक्थुङ्घबाले प्रस्तुत गरेको ‘जनमुक्ति सेना’ नाम राखियो । मेजर पूणसिंह ठाकुरको अध्यक्षतामा गठन भए पनि जनमुक्ति सेनाको संगठन बिस्तार, प्रशिक्षण तथा युद्ध सञ्चालन जस्ता सम्पूर्ण जिम्मेवारीहरु याक्थुङबालाई दिएको थियो ।

२००७ को सशस्त्र क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने यी अग्रणी नायकहरु आजसम्म पनि गुमनाम छन् । नेपालको राजनीतिक इतिहासमा यी क्रान्ति योद्धाहरुको नाम कतै भेटिदैन । आम नेपाली बेखबर छन् ।

२००७ सालको क्रान्ति यता यो देशमा धेरै राजनीतिक घटनाहरु भैसके पनि राज्यले अझै निकास पाई नसकेको हामी सबैलाई अनुभुति भईरहेको छ । नेपाली जनताको चेतनाको स्तर अत्यन्तै कम भएको अवस्थामा महान् क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गराउन निश्चय नै अत्यन्तै कुशल नेतृत्वको आवश्यक पर्दथ्यो । आधुनिक हातहतियारद्वारा सुसज्जित राणा शाहीको चौबीस पल्टनलाई पराजित गर्न राजनीति शक्तिले मात्र सक्दैनथ्यो । त्यसका लागि तत्कालिन ब्रिटिश–ईण्डियाको तर्फबाट दोश्रो विश्व युद्धमा लडेका र आजाद हिन्द फौजमा आवद्ध भै अंग्रेज उपनिवेशका विरुद्ध लडेका थुप्रै नेपाली योद्धाहरुले सक्रियताका साथ लडेका थिए ।

अब जसरी भए पनि नेपालाई जहानीया राणा शासनलाई हटाउनु थियो । कांग्रेसमा पनि दुईगुट थियो ः शसस्त्र युद्ध गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने भन्ने । तर ‘शसस्त्र युद्धबाट मात्र राणाहरुलाई परास्त गर्न सकिने निकर्षसहित हामीले युद्धको तयारी ग¥यौं’, उत्साहित हुँदै श्यामकुमार भन्छन् । उनी थप्छन्, ‘हाम्रा साथीहरुले पहिले नै नेपाल आउने यहाँको भौगोलिक अवस्था के कस्तो छ, कसरी युद्ध जित्न सकिन्छ सवै रेकी गरिसकेका थिए ।’
युद्ध गर्ने हतियार कहाँबाट ल्याउने ? ठूलो समस्या थियो । युद्ध तयारीका दिनलाई श्यामकुमारले यसरी सम्झिन्छन् ः

‘भोला चटर्जी भन्ने हुनुहुन्र्थो एक जना प्रोफेसर । उहाँले वर्माबाट हतियार ल्याउन सहयोग गर्नुभयो । तर त्रिवम मल्ल र भोला चटर्जी बर्मा जानुभयो । हतियार ल्याउँदा कलकत्तामा पक्राउ पर्ने डर थियो । एक जना पोल्याण्डका जहाज चलाउने क्याप्टनले हतियार ल्याइदिए । उनले पटनाको यौटा चौरमा आफुले हतियार छोडेर गएको १ घण्टा पछि खवर गर्नु भनेर गए ।

अब हतियार त आयो । तर, कहाँ छुपाउने ? ठूलो समस्या थियो । कृष्णप्रसाद कोइरालाको एकजना साथी थिए पटना हाइकोटका वकिल । उनैको घरमा हतियार राख्यौ । तर पछि क्रान्ति गर्न हतियार दिन त्यहाँको सरकारले सिज गरिदियो । ‘अब हामीले १२ बोर र अलि अलि भएका हतियारबाट युद्ध सुरु गर्ने निणर्य ग¥यौं ।’
क्रमशः

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com