ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरमा अन्न सकिएको छ: विद्यालयले दिएको खाजा खाएर बाँचिरहेका चेपाङ बालबालिका


एबीसी न्यूज

 
धादिङ, २ पुस ।  थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् ।

दक्षिणी धादिङको बेनीघाटरोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालय कक्षा १ मा अध्ययनका लागि जाने उनी हुन् ६ वर्षीय सिद्धिबहादुर चेपाङ । बिहान गाउँको बाटो हुँदै विद्यालय जान्छन् । अरु विद्यार्थी आउनुभन्दा अलि पहिला नै विद्यालय पुग्ने सिद्धिबहादुर विद्यालय पुग्ने बित्तिकै दिउँसो खाजा बनाउने ठाउँमा हेर्न पुग्छन् । अघिल्लो दिनको मकै वा चिउरा पोखिएको भेटिए टिपेर खान्छन् । अनि त्यतै वरिपरि घुम्छन् । विद्यालयको पढाइ शुरु हुन्छ । उनी पनि त्यतै सामेल हुन्छन् ।

कक्षाकोठामा उनी पस्छन् । अरु पनि सँगै हुन्छन् । कक्षामा पढाउने शिक्षक आउनुहुन्छ । पढाएर जानुहुन्छ तर सिद्धिबहादुरलाई कसले के भनेको हो केही थाहा हुँदैन । कोहीसँग नबोल्ने र पढाएको लेख्नसमेत नआउने भएपछि शिक्षकले समेत चासो दिए । उनी त बहिरा पो रहेछन् । अन्य विद्यार्थी पढाएजस्तो पढाउँदा उसले नबुझ्ने भएपछि खाजा खानको लागि मात्र विद्यालय आएजस्तो भएको छ विद्यालयका प्रधानाध्यापक बुद्धिमाया तामाङ भन्नुहुन्छ ।

कक्षा ३ सम्म पढाइ हुने यो विद्यालयमा बहिरा विद्यार्थी उनी मात्र होइनन् । कक्षा १ मा अध्ययनरत इतिमाया चेपाङको अवस्था पनि उस्तै छ । उनी दुई वर्षदेखि कक्षा १ मा अध्ययन गर्छिन् । पढाएको नबुझ्ने भएपछि परीक्षामा उत्तीर्ण हुनसमेत सकिनन् । तर उनी नियमित विद्यालय आउने र दिउँसोको खाजाको भरमा आफूलाई बचाइरहेकी छिन् ।

बहिरा विद्यार्थीलाई पढाउन विशेष ज्ञानसमेत छैन । अरुसरह पढाउँदा नबुझ्ने र हातको इसाराले केही कुरा सिकाएपछि आफूहरुले उनीहरुलाई खाजाको लागि मात्र बोलाएजस्तो भएको प्रधानाध्यापक तामाङको भनाइ छ ।

उनीहरु मात्र होइन, यस विद्यालयमा चेपाङ बालबालिका मात्र पढ्ने भएकाले गाउँभरिका विद्यार्थीमध्ये आधाजसो भोकै विद्यालय आउँछन् । विद्यालयको खाजा कार्यक्रमका कारण उनीहरुलाई बचाउन सकिएको हो । बाबुआमा काममा जान्छन्, उनीहरुका छोराछोरी विद्यालय गएर दिउँसो १ बजे खाजा खाएर त्यही खाजाको भरमा भोलिपल्ट खाजा खान विद्यालय आउने गरेको पाइन्छ । ५५ विद्यार्थी रहेको यो विद्यालय जब गाउँमा खाद्यान्न सकिएर चेपाङ समुदाय खोले र गिठ्ठाको भरमा बस्छन् तब उनीहरुका बालबालिका सबैजसो विद्यालय आउँछन् र विद्यालयले दिएको खाजा खाएर बाँचिरहेका छन् ।

अधिकांशको कपडा छैन । अँगेनाको छेउमा आगो बालेर सुत्ने र बिहान उठेर त्यही लुगा टकटक्याएर लगाएर विद्यालय आउनु उनीहरुको दिनचर्या नै बनेको छ । पृथ्वीराजमार्गको मलेखुबाट एक घण्टा गाडीको बाटो ताल्ती पुगेपछि करीब तीन घण्टाको पैदल दूरी पार गरेपछि पुगिने चोतेस गाउँ गरीबीले गाँजेको र खानका लागि हरेक दिन सङ्घर्ष गर्नुपरेको गाउँ हो ।

गाउँवासीको अवस्था जस्तै विद्यालय भूकम्पपछि निर्माण गर्ने जिम्मा लिएको निकायले समयमा निर्माण नगर्दा एउटै कोठामा चार कक्षा राखेर पढाइरहेका छन् । गाउँमा धेरै बाठाटाठा नभएको र गरीबीका कारण विद्यालयको बारेमा कसैले सोधीखोजी नगरेपछि काम गर्ने निकायले समेत ढिला गरेको गाउँवासीको आरोप छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com