
काठमाडौं, २ पुस। समाजकल्याण परिषदबाट सञ्चालिते भृकुटीमण्डमप स्थित इच्छुमतिमा व्यापार गर्दै आएका व्यपारीहरु बजारको व्यवस्थापन गर्ने हरितकृषि सहकारी संस्था लिमिटेडले व्यवसायीलाइ ठगी गरेको आरोप लगाएका छन । उनीहरु उठाएको भाडाको हिसावकिताव चुक्ता नगर्ने र वजारका व्यापारीहरुलाई विनागल्ती गालीगलौज गर्ने गरेको भन्दै व्यापारीहरु आक्रोषित भएका हुन् ।
यो हो इच्छुमति सामुदायिक कृषि बजार । काठमाण्डौको भृकुटीमण्डमपमा अवस्थित यो बजार २०५४ सालमा स्थापना भएको थियो । साविकमा रत्नपार्क अगाडी व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यापारीलाई काठमाण्डौ महानगरपालिकाले पैदल यात्रुलाई असहज भएको र दुर्घट्ना बढेको भन्दै समाजकल्याण परिषदको जमिनमा व्यापार गर्न आग्रह ग¥यो ।
२०५४ सालदेखी यो कृषि बजार स्थापना भयो । स्थापनाको ६ वर्षसम्म टेन्डर प्रकृयाबाट समाजकल्याण परिषदलाई भाडा बुझाउने र व्यापार स्टलको व्यवस्थापन गर्ने गरिएको थियो । तर टेन्डरप्रकृयाबाट सम्झौता अनुसारको भाडा नउठेको भनेर २०६० सालदेखी व्यापारीहरुले आफै बहाल तिर्न थालेका थिए । गत बर्ष २०७४ साल असोजमा हरितकृषि सहकारी संस्था लिमिटेडले समाजकल्याण परिषदसंग २५ वर्षको सम्झौता गरेर त्यही कात्तिकदेखी लागु हुने गरि मासिक १० लाख ८९ हजार रुपैयामा सम्झौता ग¥यो ।
सम्झौतामा ३ महिनाको धरौटी रँख्ने निर्णय भएको थियो । तीन महिनाको धरौटी ३२ लाख ६७ हजार रुपैया हुन्छ । तर सहकारीले भने बजारका व्यापारीलाइ १६/१६ महिनाको वहाल रकम धरौटी राख्न भनेर सबैलाइ पत्र मार्फत आहन ग¥यो । धरौटी नराख्ने हो भने बजार छोड्न बाध्य हुनुपर्नेसम्म चेतावनी दियो । सवै व्यवसायीसंग १६ महिनाको धरौटी बापत सहकारीले २ करोड ३७ लाख रुपैया जम्मा ग¥यो । तर त्यसमा जम्मा ३२ लाख ६७ हजार रुपैया मात्र समाजकल्याण परिषदलाइ बुझाएको पाइएको छ ।
२ करोड ३७ लाख रकम व्यवसायीसंग उठाएर त्यसको हिसावकिताव सार्वजनिक नगरेको व्यवसायीको आरोप छ । धरौटी राखेको १५ दिनमा सहकारीमा पासबुक लिन जादा तीनओटा भौचरमा सिग्नेचर गर्न लगाएर पैसा फिर्ता गरेको भनी झुक्याएको पनि व्यवसायीको आरोप छ । त्यतीमात्र हैन की समाजकल्याण परिषदसंग १० प्रतिशतमात्र भाडा वृद्धि गरी सम्झौता गरेकोमा व्यावसायीसंग भने मासिक भाडा पनि ५० प्रतिशतले वृद्धि गरेको छ ।
हरित कृषि सहकारीका कार्यकारी प्रमुख कमल चन्द्र बराल भने समाजकल्याण परिषद्ले १० प्रतिशत भाडा पनि वृद्धि गरेको र बजार व्यवस्थापन को लागि सेक्युरेटी गार्डदेखी सम्पुर्ण कर्मचारी पनि राख्नुपर्दा धरौटी राख्न बाध्य बनाएको बताउछन ।
तर संस्थाको जग्गामा बसी व्यापार गरिरहेका व्यावसायीसंग अनावश्यक रकम उठाउने र धम्की दिने जस्ता काम गर्न भने कदापी गर्न पाइदैन । यसको सटटा बजार व्यवस्थित गरेर चलाउन जरुरी छ ।







प्रतिक्रिया दिनुहोस्