ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलङ्की महाराजगञ्ज सडक कोटेश्वर कलङ्की सडकजस्तै आठ लेनको हुने


एबीसी न्यूज
मंसिर २९, २०७५ शनिबार  ८ : २८ बजे

ललितपुर, २९ मङ्सिर।  चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ ।

यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताउनुभयो ।

चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ किलोमिटर लामो उक्त सडक कोटेश्वर कलङ्की सडकजस्तै आठ लेनको हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “मुख्य लेन र सहायक गरेर आठ लेनको हुने र दुवैतर्फ एकएक लेनको सर्भिस ट्र्याक हुनेछ ।”

सरकारले यो सडकको सात ठाउँमा आकाशे पुल निर्माण शुरु गरेको छ । सम्झौतामा उल्लेख भएअनुसार चिनियाँ निर्माण कम्पनीले निर्माण गरेको तीन पुल पर्याप्त नभएपछि सरकार आफैँले थप पुल निर्माण थालेको हो ।
विभागको वैदेशिक महाशाखालले सडक निर्माणको विस्तृत अध्ययन गरिरहेको छ । सहप्रवक्ता सिंहले भन्नुभयोे, “डिजाइन रिपोर्ट आएपछि कुन–कुन ठाउँमा कसरी काम गर्ने भन्ने योजना बन्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com