ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोट दुर्घटना : मृतकको सङ्ख्या २० पुग्यो


एबीसी न्यूज
मंसिर २९, २०७५ शनिबार  ८ : २४ बजे

बेत्रावती, २९ मङ्सिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडाँैमा उपचार भइरहेको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो ।

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडाँैमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउन सवारी साधनको अभावले ढिलाइ भएको थियो । साँझ भएको घटनामा घाइतेको उद्धार राति ८ बजेसम्म गरिएपनि सवारी साधनको अभावले अस्पताल पठाउन राति १० बजेसम्म कुर्नुपरेको उहाँले बताउनुभयो । घाइतेलाई राति अबेर मिनीट्रकमा राखेर पठाइएको र बीच बाटोमा आइपुगेपछि मात्र एम्बुलेन्समार्फत काठमाडौँ लगिएको हो । घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ ।

मिनीट्रकमा ४० भन्दा बढी यात्रु रहेको र दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले शुरुमा नै खसेर सामान्य घाइते भएका थिए । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीयवासी प्रेम स्याङताङले जानकारी दिनुभयो । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हँुदा सडकबाट करीब ५०० मिटर तल तादी खोलामा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com