ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं निजगढ फास्ट ट्रयाकको जग्गा मुआब्जाबारे संसदीय समितिमा विवाद


एबीसी न्यूज
मंसिर २८, २०७५ शुक्रबार  ९ : १९ बजे


काठमाडौं , २८ मङ्सिर। नेपाली सेनाले बनाउने लागेको काठमाडौं–निजगढ फास्ट ट्रयाक निमार्णको लागि जग्गा मुआव्जाको कारण थप समस्या आउने देखिएको छ । विगतमा ५० प्रतिशतले मुआब्जा पाइसकेको अवस्थामा फेरी खोकना र बुङ्मतीको ऐतिहासिक सम्पदा मासिने भन्दै फास्ट ट्रयाकमा अवरोध गर्नेहरु अग्रसर हुन थालेका छन ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं–निजगढ फास्ट ट्रयाकको ५० प्रतिशत मुआब्जा बितरण भइसकेपछि पनि मुआब्जाको विवाद फेरी सुरु गरिएको छ । नेपाली सेनाले ४ वर्ष भित्र सक्ने गरी डिपिआर तथा निमार्ण कार्य सुचारु गरेपछि फास्ट ट्रयाकलाई बिवादमा ल्याउने काम सुरु भएको छ । मुआब्जाको बिषय बनँएर निमार्ण कार्य रोक्ने षड्यन्त्र भइरहेको छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले फास्ट ट्रयाकको मुआब्जाको बिषय उठाएपछि यो विवाद सतहमा देखिएको हो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फास्ट ट्रयाक आवश्यकता नभएको बताए ।

यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले फास्ट ट्रयाक तथा अन्य बिकासको योजनाले खोकना र बुङमतीका स्थानियबासी दुखी भएको बतँइन । सरकारले स्मार्ट सिटी, बाहिरी चक्रपथ, फास्ट्रयाक जस्ता आयोजना खोकनालाई केन्द्रबिन्दु बनाएकोप्रति असन्तुष्टि जनाइन ।

तर बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले जग्गाको मुआब्जा बापतको १ अर्ब ७० करोड रुपैया वितरण भएपछि फेरी रोक्नु पर्ने भन्ने बिषयले राष्ट्रिय गौरवका कुनै आयोजना बन्न नसक्ने अवस्था आएको बताए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ फास्ट ट्रयाक कानुनसम्मत ढंगले निर्माणको काम भइरहेको भन्दै समस्यालाई देखाएर भन्दा पनि कसरी त्यहाका स्थानिय संस्कृतिसम्पदालाई कम क्षति हुने गरी काम गरिने बताए ।

गृहमन्त्री रामबहादुर थापा बादलले फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनाका जग्गाको मुआब्जा वृद्धि गर्दा देशब्यापी रुपमै असर पर्ने बतँए । मुआब्जा बिवादको समस्या सामाधानको लागि नीतिगत रुपमा मापदण्ड बनाएर भए पनि फास्टट्रयाकको समस्या हल गर्ने उनले बताए ।
नेपाली सेनाले निर्माण कार्य अघि बढाएको राष्ट्रिय गौरवको आयोजना अहिले मुआब्जाकै कारण बिवादमा आएको छ ।

जसले गर्दा यो आयोजना पनि तोकिएको समयमै नसकिने आयोजनाको सुचीमा पर्ने सक्ने अवस्था सृजना भएको छ । नेपाल सरकारले आफैले बनाउन लागेको राष्ट्रिय गौरवको आयोजनामा आएका समस्या समाधान गरी फास्ट ट्रयाकलँई निर्धारीत समयसीमामै सम्पन्न हुने गरि अगाडी बढाउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com