ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोलभेँडामा आत्मनिर्भर बन्दै बागलुङ


admin
आश्विन ३, २०७४ मंगलबार  १ : २२ बजे

बागलुङ, ३ असोज ।  गोलभेँडा उत्पादनमा जिल्ला आत्मनिर्भरोन्मुख छ । सुख्खा याममा ३० प्रतिशतबाहेक बाँकी माग यहीँको उत्पादनले थेगेको छ ।


जिल्ला कृषि विकास कार्यालयका अनुसार पुस, माघ, फागुन र चैतमा गोलभेँडा आयात गर्नुपर्ने अवस्था छ । अहिले वार्षिक ३५० टन गोलभेँडा उत्पादन हुने गरेको छ । व्यावसायिक गोलभेँडाखेतीमा किसानको आकर्षणले जिल्ला आत्मनिर्भरतातर्फ अघि बढेको छ ।

“सुख्खा यामका चार महिनामा जिल्लाको उत्पादन ७० प्रतिशत छ, ३० प्रतिशत बाहिरबाट आउँछ”, कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले भन्नुभयो । बाँकी आठ महिना जिल्लाकै उत्पादनले माग धान्छ । उत्पादनको तुलनामा कारोबार बढेर अहिले वार्षिक रु एक करोड ५० लाखसम्म पुगेको छ । जिल्लामा २० वटा उच्च प्रविधियुक्त प्लास्टिक घर (टनेल) मा तथा करिब ७०० सामान्य प्लास्टिक घर (टनेल) मा गोलभेँडा खेती भइरहेको छ ।

सडक सञ्जालको विस्तारले बजारसम्म पु¥याउन सहजता भएपछि गोलभेँडा खेती थप फस्टाएको हो । जिल्लाका बुर्तिबाङ, खरबाङ, हटिया, काँडेबास, नरेठाँटी, दुदिलाभाटी, बिहुँ, कुश्मीसेरा, बागलुङ नगरपालिका लगायतका क्षेत्रमा गोलभेँडा खेती बढी मात्रामा हुन्छ ।

“गोलभेँडा खेती फस्टाउँदै गएको छ, केही समयपछि बाह्रैमास पुग्ने गरी उत्पादन बढ्छ”, अधिकारीले भन्नुभयो । गत वर्षमात्रै कृषि कार्यालयमार्फत जिल्लाका २० किसानले गोलभेँडालगायतका तरकारी खेतीका लागि कृषि तथा व्यापार आयोजनाबाट रु १० लाखका दरले अनुदान पाएका थिए । अनुदान, सीप र उपकरण सहयोगले किसानलाई व्यावसायिक कृषिमा लाग्न उत्प्रेरित गरेको छ । विदेशबाट फर्केका युवा व्यावसायिक कृषिमा लागेका छन् ।

गोलभेँडा उत्पादन गर्न सके बजारको समस्या नहुने किसान बताउँछन् । गाउँगाउँमा उत्पादित गोलभेँडा सदरमुकामलगायतका बजारमा खपत हुन्छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालीगण्डकी करिडोरजस्ता राष्ट्रिय गौरवका आयोजना जिल्लामा पर्ने हुँदा यहाँ उत्पादित कृषि उपजलाई बाहिरी जिल्लामा सहजै निर्यात गर्न सकिने अधिकृत अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com