ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमरगढी किल्लाबाट ब्रिटिस साम्राज्यसँग लड्न प्रयोग गरेको दर्जनौँ हतियार र पाँच वटा तोप गायब


एबीसी न्यूज

अमरगढी (डडेल्धुरा), २७ मङ्सिर । सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली राजनीतिको आएको हो । किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’

त्यही किल्लाका ऐतिहासिक हतियार भने कहाँ छन् भन्ने अहिलेसम्म कसैलाई पत्तो छैन । नेपाल एकीकरणका बेला ब्रिटिस साम्राज्यसँग लड्न वीरहरुले प्रयोग गरेको दर्जनौँ हतियार र पाँच वटा तोप गायब भएको वर्षौँ बित्दा पनि अझै भेटिएका छैनन् ।

नेपाल एकीकरण र ब्रिटिससँगको युद्धमा प्रमुख प्रशासनिक कार्यालय रहेको उक्त किल्लाबाट पुरातात्विक महत्वका हतियार हराएको तीन दशक बितिसक्दा पनि सरकारी निकायले खोज्न चासो दिएको छैन । सेनाको प्रयोग र संरक्षणमा रहेको उक्त किल्ला सात वर्षयता नगरपालिकाले स्वामित्व लिए पनि हतियारको खोजबिन गरेको छैन । स्थानीयवासीका अनुसार पाँच तोप, ५० जति बन्दुक, एक दर्जन भीमसेन नाल बन्दुक र केही घरेलु हतियार किल्लामा थिए ।

बडाकाजी अमरसिंह थापाले विसं १८४७ मा स्थापना गरेको सो किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता रहेको र त्यसैकारण किल्लाको महत्व समेत घटेको स्थानीयवासीको अरोप छ । नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरू बताउँछन् । उक्त किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवन्त किल्लाको रूपमा रहेको पुरातत्व विभागको जिकिर छ । डडेलधुराको सदरमुकाममा रहेको एतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अङ्ग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालागायत ऐतिहासिक हतियार र सैनिक पोशाक अहिले नहुँदा किल्लाको महत्वसमेत घटेको स्थानीयवासी बताउँछन् ।

नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानिएको थियो । युद्धमा प्रयोग भएका बन्दुक तथा घरेलु हातहतियारलगायत रहेका कारण त्यसबेलादेखि प्रत्येक वर्ष दशैँको फूलपातीका दिनमा किल्लामा रहेका सैनिक तोप लगेर टँुडिखेलमा पट्काउने गर्दै आएको स्थानीयवासी ८२ वर्षीय करी दमाइको अनुभव छ ।

उहाँका अनुसार त्यसबेला किल्लामा खड्गदल गण नामको तत्कालीन शाही सेना बस्ने गरेको र पछि उनीहरूले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदासँगै लिएर गएको हुनसक्छ । त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार ल्याएनन् । त्यसबेला किल्लामा आफँै पड्किने भीमसेन नाल बन्दुक रहेको र त्यसलाई प्रत्येक वर्ष दशँैको बेलामा कपडाको खोलले ढाक्ने गरिएको थियो ।

किल्लामा त्यसबेला पाँच वटा तोप, दर्जनौँ घरेलु हतियार, १०० जति बन्दुक, किल्लाभित्रै बम, गोला, बारुद बनाउने छुट्टै घर र अन्य युद्ध सामग्री पनिरहेको किल्ला छेउ बस्ने किरण श्रेष्ठ बताउनुहुन्छ । अहिले किल्ला हेर्न आउने पर्यटयकले ती कुनै पनि हतियार देख्न पाउँदैनन् ।

विसं २०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना भएको अमरगढी नागरपालिकाले २०५६ सालमा अमरगढी किल्लाकै नामबाट नामाकरण भएको अमरगढी नगरपालिका स्थापनापछि २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहतमा लिएको थियो ।

विसं २०५८मा तत्कालीन माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन उक्त किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकले प्रवेश गर्नुभन्दा पनि त्यस क्षेत्रमा हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो । विसं२०५८ देखि २०६६ सम्म किल्ला सेनाको मतहतमै थियो । स्थानीयवासीको पटक–पटकको प्रयासपछि विसं २०६६ पुसदेखि पुनः किल्लालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा अमरगढी नगरपालिकाले पाएको हो । पर्यटकलाई प्रवेश खुला गराए पनि फोटो खिच्न भने विसं २०६९ देखि स्वीकृति दिइएको हो ।

एतिहासिक पृष्ठभूमि 

समुन्द्र सतहबाट करिव छ हजार ५०० फिटे डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा अमरगढी किल्ला छ । तत्कालीन श्री ५ रणबहादुर शाहको शासनकाल तथा राजकुमार बहादुर शाहको नायवीमा नेपाल एकीकरणको सिलसिलामा विसं १८४७ भदौ १३ गते आइतबारका दिन सेती नदीको नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएका दश कम्पनीका गोरखाली सैनिक जवान र डोटेली सैनिकको बीच घमसान युद्ध भएको थियो

सो युद्धमा गोरखाली फौजसामु डोटेली फौज पराजित भइसकेपछि डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र भू–भागको सुशासनलाई सुदृढ र विस्तार गर्नको लागि अमरसिंह थापा यस क्षेत्रको प्रथम प्रशासकको रुपमा नियुक्ति भएर आए । थापाले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएका हुन् ।

किल्ला निर्माण भइसकेपछि सरदार अमरसिंह थापा, काजी जगत्जित पाण्डे, कप्तान गोलैया, रणवीर खत्री सुब्बा आदि सैनिक नेतृत्वले यस किल्लालाई आधारकिल्ला कायम गरी बसेका थिए । कालीकुमाउ ‘सर्च’ अभियानमा बीच बाटोमा घौली ठानेर रङ्ग्यौलीमा कुमाउका राजा मोहन चन्दको फौजले गोरखाली फौजमाथि एक्कासि आक्रमण ग¥यो । यसबेला गोरखाली सैनिक सजग नभएका कारण उनीहरूकोे पराजय भयो ।

केही समयपछि अमरसिंह थापाको रणकौशलता तथा गोर्खाली सैनिकको अभूतपूर्व प्रदर्शनले बिरोधीमाथि विजय हाँसिगरेपछि अमरगढी किल्लाको मातहतमा रहने गरी एउटा किल्ला (छाउनी) कुमाउमा राखिएको थियो । यो विशाल किल्लाकै कारण १८७३ को अङ्ग्रेजसितको लडाइँमा पनि बिजयी भएकाले यसको एतिहासिक तथा सामरिक महत्व बढेको हो ।

अमरसिंह थापाद्वारा निर्माण गरिएको विशाल ढुङगेकिल्लाको निर्माण कलात्मक रहेको र चारैतिर ढुङ्गाले बनाइएको उक्त किल्लाभित्र गुफाहरु बनाइएका छन् । शत्रुलाई छल्ने अनेक युद्ध सफलताको सैनिक प्रयोग र शत्रुद्धारा आएका सत्र निरोध गर्ने मार्गको पनि निर्माण गरिएको छ । किल्लामाथि ठुल्ठूला वृक्षले यसको शोभा बढाएको छ भने किल्लाको बीच भागमा उग्रभैरवको मन्दिर प्रतिस्थापन भएबाट यसको धार्मिक र सामरिक महत्व पछि झल्केको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com