
पोखरा, २६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाकी काम चाडै टुंगिने बताउनुभएको छ ।
बुधबार कास्कीको मादी गाउ“पालिका वडा नम्बर १ सिक्लेसमा निर्माण गरिएको शान्ति स्मारकको अनावरण गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही र सरकारले जोखिम मोलेर शान्ति प्रक्रियाको थालनी गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाकी कामहरु छिट्टै टुंगो लगाउने उल्लेख गर्नुभयो ।
उहाले नेपालको शान्ति प्रक्रिया विश्वका लागि अध्ययनको विषय भएकाले बताउदै शान्ति प्रक्रियाको उद्गम थलो सिक्लेसको महत्व झनै बढेको बताउनुभयो । भूमिगत रहेका प्रचण्ड सिक्लेसमा पहिलो पटक सार्वजनिक हुनुभएको थियो ।
नेपाली कांगे्रसका नेता कृष्णप्रसाद सिटौलाले तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका अध्यक्ष प्रचण्डस“ग सिक्लेसमा छलफल गरी वार्ताको वातावरण बनाउन आफु सिक्लेस पुगेको स्मरण गर्नुभयो । उहा“ले गिरिजाप्रसाद कोइरालाको शीर्षस्थ व्यक्तित्वका कारणबाट नै नेपालको शान्ति प्रक्रिया सफल भएको उल्लेख गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्