ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीले गर्यो रासनभत्ता ४० प्रतिशत बढाउन प्रस्ताव


एबीसी न्यूज


काठमाडौं,२६ मंसिर । नेपाल प्रहरीले महँगीअनुसार ४० प्रतिशत रासनभत्ता बढाउन प्रस्ताव गरेको छ । पछिल्लो चार वर्षदेखि प्रहरीको रासनभत्ता वृद्धि नभएपछि प्रहरीले महंगीअनुसार ४० प्रतिशत बढाउन प्रस्ताव गरेको हो । चार वर्षयता महँगी धेरै बढेको भन्दै रासनभत्ता बढाउन माग गरेको प्रहरीले जनाएको छ ।

अहिलेको रासनभत्ताले खाना खानसमेत नपुगेको प्रहरीको गुनासो रहेको छ । चार वर्षको अवधिमा बढेको महँगी, नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूचकांक, नेपाल उद्योग वाणिज्य महासंघको मूल्यसूची र रासनमा क्यालोरीसमेत बढाएर ४० प्रतिशत भत्ता वृद्धि गर्न प्रहरीको प्रस्ताव छ । लामो समयदेखि रासन वृद्धि नहुँदा समस्या भएकाले वृद्धिका लागि पहल गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता पुनरावलोकनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेको छ । गृहमन्त्री रामबहादुर थापा, बादलको गृह प्रशासन सुधार मार्गचित्रमा प्रहरीको रासनभत्ता समयानुकूल बनाइने र विभेद हटाइने उल्लेख छ । त्यसैको कार्यान्वयनका क्रममा गृहले सहसचिव महादेव पन्थको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो ।

प्रहरीले पाउने रासनको दररेट जिल्लापिच्छे नै फरक हुन्छ । हरेक जिल्लामा रासनको मूल्य फरक हुने भएकाले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अध्यक्षतामा रहने समितिले यसको टुंगो लगाउँछन् । पहाडी तथा हिमाली जिल्लाहरूमा कार्यालयअनुसार रासनभत्ताको दर फरक हुन्छ । दुर्गम क्षेत्रका प्रहरीले धेरै रासनभत्ता पाउँछन् । काठमाडौंका प्रहरीले दैनिक एक सय ७५ रुपैयाँ पाउँछन् भने हिमाली सीमास्थित ओलाङचुङगोला प्रहरी कार्यालयका प्रहरीले दैनिक पाँच सय ३२ रुपैयाँ पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com