साइबर अपराध के हो, कसरी हुन्छ साइवर अपराध र यसवारे बनेका विद्यमान कानुन के छन् ? (भिडियोसहित)



काठमाडौं, २५ मंसिर । साइबर क्राइम कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन । विज्ञान र प्रविधिको विकाससगै अपराधको संसार पनि विकसित भएको छ । साइबर अपराध पनि विज्ञान र प्रविधिस“ग जोडिएको अपराध हो । हो, कम्प्युटर र इन्टरनेटबाट गरिन्छ साइबर अपराध । यस्तो अपराधअन्र्तगत पर्ने अपराध हुन् ः वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति, जालसाजी । यस्तै साइबर अपराधमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसग सम्बन्धित आपराधिक सबै गतिविधिहरु पर्छन् ।

पछिल्लो समय इन्टरनेटको प्रयोग ह्वात्तै बढेर गएको छ । इन्टरनेटले एकातर्फ मानिसलाई जोडेको छ भने स“गै टाढा पनि बनाएको छ । पछिल्ला केही घटनाहरु हेर्ने हो भने नेपालको साइबर स्पेस खतरामा छ । देश विदेशबाट नेपालको साइबर स्पेसमा कम्प्युटर, मोबाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम रोकिएको छैन ।

सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, बैंक, एयरलाइन्स लगायतका कम्पनीका सिष्टममा अझै आक्रमण भइरहेका छन । तर सबै घटना बाहिर नआउनु अलग पक्ष छ । कतिपय अवस्थामा नेपाल साइबर अपराधको हब बन्दै जानसक्ने सम्भाव्यतालाई पनि नकार्न सकिदैन । नेपालमा यस्ता घटनाको अनुसन्धान गर्न कठिन छ, कारण, कानुनको अपर्याप्तता । साइबर समस्याको मुल जड भने अधिकांश इन्टरनेट तथा कम्युटर प्रयोगकर्तामा साइबर थ्रेट बारे आधारभुत जानकारी नहुनु नै हो जसले साइबर सुरक्षाको चुनौती बढदै गएको हो । इन्टरनेट एक्सचेञ्ज नेपालका सिइओ रुपेश श्रेष्ठ इन्टरनेटमा हुने गतिविधिको सुरक्षाका रुपमा साइबर सेक्युरिटिलाई परिभाषित गर्छन ।

साइवर अपराधका घटनाको अनुसन्धान र कारबाही विद्युतिय कारोवार ऐन २०६३ अन्तर्गत भइरहेको छ । त्यसो त नेपालभरमा भएको साइबर क्राइम सम्वन्धी मुद्दा हेर्ने अदालत काठमाण्डौ जिल्ला अदालत मात्र हो । त्यस्तै साइबर ब्युरो गठनको प्रक्रिया अघि बढि सकेको छ । तर, संसदबाट अघि बढ्न नसक्दा कानुनी मान्यताको अभावमा सञ्चालनमा आउन सकिरहेको छैन । संसदको हिउदे अधिवेसनले पास गर्न सकेको खण्डमा सातै प्रदेशमा साइबर व्युरो खुल्ने छ । त्यसो हुदा नेपाल भर रहेका साइबर क्राइमबाट पीडितहरुले सहज उजुरी दिन सक्ने सक्ने छन् । विश्वको एक कुनामा बसेर अर्को कुनामा हुनसक्ने साइबर अपराध आफैमा जटिल छ । नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदी साइबर क्राइम विश्वव्यापी समस्याका रुपमा अघि बढेको बताउछन् ।

नेपालमा बढदो साइबर अपराधको खतराको संम्भावनालाई पुष्टि हुने किसिमका विभिन्न घटनाहरु पनि देखा परिसकेका छन् । सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका कुराहरु जताततै देखिन थालेका छन् । विदेशमा बसेर नेपालमा सामाजिक सञ्जालमा गलत क्रियाकलापहरु गराउदै आएका घटनाहरु पनि प्रसस्त छन । यस्तोमा नेपाल प्रहरी प्रहरीस“ग प्रविधि अभाव छ भने राज्यस्तरबाट पहलको ।

त्यसो त, अहिले सरकारले स्मार्ट राष्ट्रिय परिचय पत्रदेखि पेपरलेस मन्त्रीपरिषद् बनाउने काम सुरु गरिसकेको छ । यसको अर्थ, नेपाल डिजिटलाइजेसनको प्रकृयामा गइरहेको छ । तर, सरकारले डिजिटलाइजेसनको सपना देख्दै गर्दा साइबर सुरक्षाको चुनौतीलाई अवमुल्यन गर्नु भयानक गल्ती हुन सक्छ । साइबर सुरक्षाकै लागि साइबर व्युरोको स्थापना तथा क्षमता अभिबृद्धिमा जोड गरिरहेको प्रबक्ता सुवेदी बताउछन् ।

साइबर सुरक्षा आजको विश्वकै संवेदनशील विषय हो, जसबाट नेपाल अछुतो रहन सक्दैन । यसका लागि सार्क, विमस्टेक जस्ता क्षेत्रीय संगठनको माध्यमबाट नेपालले अन्य देशहरु स“गको सहकार्यमा साइबर क्राइम घटाउन पहल गर्नु सबैभन्दा उत्तम विकल्प हुन्छ । विश्व ग्रामको अवधारणामा सबैभन्दा छिटो दौडिरहेको डिजिटलाइजेसन आफ्नो नियन्त्रणभन्दा बाहिर जानुभन्दा अघि नै राज्यको नियन्त्रणमा रहनु आजको आवश्यकता हो ।

सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पुर्ती गर्नेहरुको विगविगि केही बर्षयता ह्वात्तै बढेको छ । अझ केही मानिसहरुको लागि त सामाजिक सञ्जाल नकारात्मकता फैैलाउने महत्वपुर्ण क्षेत्र बनेको छ । मान्छेको भावनामा खेलेर होस या ब्लाकमेल गरेर होस, साइबर दुरुपयोग बढ्दो छ । यस्तो नकरात्मक मनोविज्ञानमा पिसिएका बालबालिका तथा युवाहरु कुन दिसामा जादैंछन्, यसको हेक्का राख्न कसैलाई फुर्सद देखिदैन । सीमित क्षेत्रलाई छोडेर यसको सचेतनामा फैलाउनमा पनि सक्रियता खासै देखिएको छैन ।

घटना १ ः नेपालको एउटा प्रतिष्ठित बैंकको सर्भरमाथि आक्रमण प्रयास भयो । बैंकले तत्काल सीआइबीलाई जानकारी गरायो । सीआइबीले पनि अनुसन्धान गरेर विदेशी नागरिकलाई पक्राउ ग¥यो । तर, पक्राउ परेको केही दिन पछि नै ह्याकर छुटेर स्वदेश फर्कियो । त्यस्तै अर्र्को एनआइसी बैङ्क ह्याक प्रकरणमै पनि ह्याकरले स्वीफ्ट प्रणालीमा ह्याक गरी विदेशका विभिन्न ६ मुलुकका आठ बैंकमा रकम सारेका थिए । उक्त प्रकरणमा उत्तर कोरियाली ह्याकरको संलग्नता रहेको खुलेको थियो ।

घटना २ ः नवविवाहित एक जोडीको विवाहको केही महिनामा नै सम्वन्धमा दरार उत्पन्न भयो । कारण थियो श्रीमतिको पुरानो प्रेमीले सामाजिक सञ्जालमा हालेको आपत्तिजनक तस्वीरहरु ।

घटना ३ ः पोखराको एक युवा सवारी लाइसेन्स बनाउन चाहन्थे । उनको सम्पर्क एउटा फेसबुक ग्रुपस“ग भयो जसले लाइसेन्स बनाउन सक्ने दाबी गर्यो । उनले पटक पटक गरेर ४५ हजार रुपैया मागे र प्रमाणको रुपमा लाइसेन्स जस्तै देखिने अस्थाइ पत्र देखाए । तर, संका लागेर पछि यातायात विभागमा गएर हेर्दा उनलाई देखाइएको लाइसेन्स नक्कली थियो ।

साइबर क्राइमका प्रतिनिधी घटनाहरु यी । सामाजिक सञ्जालमा विभिन्न बाहनामा ठगिनेको लिस्ट छोटो छैन । तर, यस्ता घटना दर्ता नत सबै जिल्लामा नै हुन्छन् न त यसको कार्वाही प्रक्रिया नै त्यति सजिलोे छ । बैदेशिक रोजगारीको आश्वासन दिनेहरुदेखि अनेकौं ब्लाकमेल गर्नेहरु पनि सक्रिय छन अहिले ।

सबैभन्दा पहिलो कुरा त नेपालमा साइबर चेतनाकै कमी छ । पछि केही बर्षको साइबर क्राइमको दरलाई नै विष्लेषण गर्ने हो भने पनि साइबर अपराध निरन्तर बढि नै रहेको छ । अपराध महाशाखाको आंकडा हेर्ने हो भने आर्थिक वर्ष २०७१/ ७२ मा ३०५ विद्युतीय कारोबार ऐन बमोजिम मुद्धा चलाइएको थियो भने आर्थिक वर्ष २०७२/७३ मा आइपुग्दा यो संख्या झण्डै तेब्बर अर्थात ८३० पुगेको थियो । आर्थिक वर्ष २०७३/७४ मा आइपुग्दा यो संख्या ११९७ मा पुग्यो । चालु आर्थिक वर्ष अर्थात २०७५/७६ को मंसिर महिनासम्म आइपुग्दा यो संख्या १४८२ मा पुगेको छ । दिन प्रतिदिन बढिरहेको साइवर अपराधको यो संख्याले प्रविधिको प्रयोग भन्दा दुरुपयोगमा वृद्धि हुन थालेको हो कि भन्ने भान दिन थालेको छ । अपराध महासाखाका प्रवक्ता डिएसपी नरेन्द्र उपे्रती विद्युतीय अपराध धेरै पुरानो नभएपनि दिन प्रतिदिन भयावह हुदै गएको बताउंछन् ।

त्यसो त प्रहरीले पनि साइबर अपराध अनुसन्धान गर्नकै लागि साइबर ब्युरोको स्थापना गरी डिजिटल फरेन्सिक ल्याब सुधारको प्रयास सुरु गरेको छ । साइबर अपराध अनुसन्धानका लागि आवश्यक डिजिटल फरेसिन्सक ल्याब बनाउन हार्डवेयर भन्दा सफ्टवेयरको समस्या बढि रहेको उच्च प्रहरी स्रोत बताउछन् । पछिल्लो समय हुने अधिकांश अपराधहरु साइबर स“ग जोडिएर आउने गरेका छन् । हत्या, बलात्कार होस या लुटपाट नै होस, अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेको हुन्छ भने प्रहरी पनि मोवाइलको लोकेसन, कल डिटेल या सामाजिक सञ्जालका क्रियाकलाब नहेरी अनुसन्धान नगरिररहन सक्दैन ।

अनुसन्धान एउटा पक्ष छ तर पर्याप्त साइवर सम्वन्धी ऐनकानुन बन्न नसक्दा गम्भीर साइबर अपराध गरेका व्यक्तिहरुले पनि सहजै छुटकारा पाउने अवस्था रहेको छ । इन्टरनेट एक्सचेञ्ज नेपालका प्रमुख कार्यकारी अधिकृत रुपेश श्रेष्ठ नीति निर्माण कै तहबाट पहल भएमात्र साइवर सेक्युरिटी बढाउन सकिने बताउंछन् ।

उदेक लाग्दो कुरो, नेपालमा चलेका अधिकांश सामाजिक सञ्जालको नियन्त्रण संयन्त्र नेपालस“ग छैन । जसका कारण सामाजिक सञ्जालमा नकरात्मकता फैलाउनेहरुदेखि फेक आइडीबाट ब्लाकमेल गर्न समेत पछि नपर्नेहरु सक्रिय बन्दै गएका छन् । नेपाल प्रहरीले इन्टरपोलबाट तथा अन्य देशहरुस“गको समन्वयमा बाहिर बसेर अपराधीहरुलाई कार्वाही गर्ने भने गरिरहे पनि फेसबुक ट्वीटर जस्ता सामाजिक संजाल दुरुपयोग रोक्न नेपाल अझै पनि अक्षम छ ।

नेपालस“ग सामाजिक सञ्जाल माथिको नियन्त्रण या सुचना प्राप्त गर्ने आधिकारिकता नहुदा साइबर क्राइमको अनुसन्धानमा कठिनाइ देखिएको स्पस्ट छ । समस्या प्रहरीमा मात्र होइन अदालतमा पनि छ । साइबर क्राइम प्रविधिक पक्ष हो । तर सबैतिर प्राबिधिक अधिकारीहरु नहुंदा अनुसन्धानमा समस्या देखिइरहेको छ ।

युद्ध देखि लुटपाट सम्म डिजिटलाइज्ड भइरहेका छन् । संसार विश्वग्रामको अवधारणा लिएर अघि बढ्दै गर्दा सबै भन्दा अघि दौडिरहेको छ, डिजिटलाइजेसन । तमाम सकारात्मक पक्षहरुका बीच यसका नकारात्मक पक्षहरु पनि छन् । प्रविधिको दुरुपयोग गर्नेहरुले संवेदनशिल डाटाहरु लिने, सुचनाहरु चुहावट गर्ने जस्ता क्रियाकलापहरु बढ्दै गएका छन् । यस्ता साइबर क्राइमहरु बढ्दै गर्दा संवेदनशीलता बढाउनु पर्ने हो । नेपालको सन्दर्भमै पनि हेर्ने हो भने पछिल्लो केही समय यता बैङ्कििङ् तथा फाइनान्सियल क्षेत्रमा थ्रेट बढ्दै गएको छ । तर, सुरक्षा चुनौतीमा संवन्धित निकायको गाम्भीर्यता देख्न सकिन्न ।

हाम्रो कमजोर साइबर सेक्युरिटीको संरचनाले जोखिमलाई अझ बढावा दिइरहे पनि सरोकारवालाको ध्यान अझै यतातर्फ केन्द्रीत हुन सकेको छैन । नेपालमा वित्तीय संस्था, गैरसरकारी संस्था, सरकारी क्षेत्र, एयरलाइन्स, आइएसपी र टेलिकमममा क्रमिक रुपले साइबर सुरक्षाको जोखिम रहेको पाइन्छ । यति मात्र होइन, सामाजिक संजालको प्रयोगमा पनि साइवर हमला सुरु भैेकेको छ । यद्यपी यसैलाई मुख्य सरोकार बनाइ अघि बढिरहेको भने पाइदैन ।

छिमेकी मुलुक भारतमा जस्तै नेपालमा पनि एटिएम ह्याकको कुराहरु समयान्तरालमा सुनिदै आएका छन् । त्यसमा पनि ह्याक गर्न विदेशी एटिएम ह्याकरहरुले नक्कली कार्डबाट पैसा झिकिरहेका खबर बाहिरिएका छन् । यस्ता घटना घट्दा सम्वन्धित संस्था तथा सुरक्षा निकायले केही सक्रियता देखाएजस्तो गरे पनि विस्तारै यसका इस्युहरु सेलाउदै जान्छन् । नेपाल बैंकर एसोसिएसन अन्तर्गतको सीआइसीएनका कोअर्डिनेटर विक्रम श्रेष्ठ नेपाली बैंकिङ् क्षेत्रमा साइबर सुरक्षाको अवस्था सन्तोषजनक नरहेको तथा विज्ञताको कमीले पनि समस्या ल्याइरहेको बताउंछन् ।

डिजिटलाइजेसन जटिल बन्दै गर्दा फायरवाल र एन्टिभाइरसले मात्रै साइबर थ्रेट रोक्न सम्भव देखिदैन । यसै पनि नेपालमा साइवर चेतनाको कमी रहेको छ । एटीएम पासवर्ड होस या सामाजिक सञ्जालको, यसमा गोपनीयता र औचित्य बुझ्न नसक्दा स्वयं साइवर थ्रेटलाई बढावा दिइरहेको परिस्थिति नेपालमा पाउन सकिन्छ । नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदी बैङ्करहरुल्ाँई आफूहरुले सचेत गराइरहेको बताउछन् ।
साइबर सेक्युरिटी थ्रेट विश्वभर छ । साइबर अपराध विश्वको जुनसुकै कुनामा बसेर कुनैपनि क्षेत्रमा गर्न सकिने भएकाले पनि सतर्कताको आवश्यकता विश्वभर नै छ । अहिले एटीएम, अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसमएस बैंकिङका सुविधास“गै गम्भीर चुनौति पनि बढ्न थालेको छ । यसअन्तर्गत उपभोक्तालाई झुक्याएर अर्काको रकम आफूले निकाल्ने, एसमएस तथा इमेल फिसिङ्ग गर्ने क्रियाकलापहरु बढेका छन् । नेपालमै पनि बैङ्कको सर्वरमा आक्रमण गरेर लुट मच्चाउने प्रयास भैसकेका छन् । त्यसमा पनि एटीएम बाट धेरै प्रयास हुने गरेका छन् । श्रेष्ठ नेपालमा सहज पह“ुच र फितलो साइबर कानुनले गर्दा पनि यस्तो हुने गरेको बताउछन् ।

अहिलेको युग विज्ञान र प्रविधिको युग हो र प्रविधिस“ग दौडिनु आवश्यकता र बाध्यता दुबै हो भन्दा अत्युक्ति हुदैन । तर, प्रविधिको उपयोगिता स“गस“गै सुरक्षाको कुरा पनि आउ“छ । नेपालमा बैङ्किङ् क्षेत्र होस या सामाजिक सञ्जालको क्षेत्र नै होस । लक्ष्य सबैको सुविधा प्रदान गर्नु हो । तर प्रविधिलाई आफ्नो पकड भित्र राख्नु पनि दायित्व हो । यदि प्रविधिले मान्छेको नियन्त्रण बाहिर गएको खण्डमा नतीजा राम्रो नहुन सक्छ । अतः समयमै सम्वन्धित सबै सचेत बन्न आवश्यक छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All