ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२१ दिनभित्र कार्यक्षेत्र नपुग्नेलाई कर्मचारीलाई अवकास


एबीसी न्यूज

काठमाडौं, २४  मङसिर ।  सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था गरेको छ। निकै ढिला गरी आएको अध्यादेशको कार्यान्वयन गर्न सरकारले कर्मचारीलाई समेत कसेको छ।

आगामी ३ महिनाभित्र सम्पन्न गर्नेगरी समायोजनमा बाध्यकारी व्यवस्थासमेत गरिएको छ। आइतबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको अध्यादेश राजपत्रमा प्रकाशित भएको १५ दिनभित्र कर्मचारीले आफू समायोजन हुन चाहेको सेवा, पद लगायतका तहगत विवरण खुलाई त्यसको विवरण सम्बन्धित निकायमा बुझाउनुपर्नेछ।

सोबमोजिम समायोजनको प्रक्रिया टुंगिएको अवस्थामा २१ दिनभित्र कार्यक्षेत्रमा पुग्नुपर्ने बाध्यकारी व्यवस्था पनि अध्यादेशमा उल्लेख छ। ‘बाटोको म्यादबाहेक २१ दिनभित्र समायोजन गरिएको प्रदेश वा स्थानीय तहको सेवाको पदमा अनिवार्य हाजिर हुनुपर्नेछ,’ अध्यादेशमा भनिएको छ।

तर, प्रसुति बिदा वा प्रसुति स्याहार र किरिया बिदामा बसेको कर्मचारीले त्यस्तो बिदा समाप्त भएको, निलम्बनमा रहेको कर्मचारी, असाधारण वा अध्ययन बिदामा बसेको र बिरामी परी अस्पताल भर्ना भएको कर्मचारीको हकमा भने त्यस्तो समयावधी ३५ दिन कायम गरिएको छ।

उक्त अवधिभित्र हाजिर नहुने कर्मचारीलाई सेवाबाट अवकाससमेत दिने कडा व्यवस्था अध्यादेशमा गरिएको छ। तर, त्यस्तो गर्नुपूर्व प्रचलित कानून बमोजिम सफाइ र स्पष्टिकरण र लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था गरिएको छ। यदि त्यस्तो अवस्थामा अवकास भए उक्त कर्मचारीले कानूनबमोजिमको सुविधा भने पाउनेछ।

त्यस्तै, सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले प्रदेश वा स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्ने र त्यसो नगर्नेमाथि कारबाही गर्ने व्यवस्था पनि अध्यादेशले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com