ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरका दमकल किन थन्किए ? यस्तो छ कारण


admin

भक्तपुर, २३ मङ्सिर । जुद्ध बारुणयन्त्र भक्तपुरका चार जना चालकले एकैपटक छाडेपछि भक्तपुरको दमकल चालकविहीन बन्न पुगेको छ ।

जुद्ध बारुणयन्त्र भक्तपुरका प्रमुख लक्ष्मण गुरागार्इंले शनिबार सबै चालकलाई छाडेर जान निर्देशन दिएपछि २४सै घण्टा ‘ड्युटी’ गरेर बस्ने चालक राजकुमार श्रेष्ठ, राजकुमार गिरी, विकास वनमाला र राज कपालीले कार्यालय छाडेपछि दमकल चालकविहीन बन्न पुगेको हो ।

नौ दिनपछि शनिबार कार्यालय आएका प्रमुख गुरागाईंसँग दमकलका चालकले डेढ महीनाअघिदेखि रोकिएको दमकल मर्मतको रकम माग गर्दा हप्काएर मर्मतको रकम नदिइ उल्टै छाडेर जान निर्देशन दिएपछि बाध्य भएर कार्यालय छाडनुपरेको चालकले बताएका छन् ।

चालक राज कपालीले दमकल चालकलाई मान्छे जस्तै व्यवहार नगर्ने र अत्यावश्यक साधनका रुपमा रहेको दमकलसमेत मर्मत गर्न नदिने कायालय प्रमुखले बिग्रिएर बनाएको दमकलको रकम भुक्तानी गरिदिन आग्रह गर्नेबित्तिकै छाडेर जान निर्देशन दिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “म तिमिहरुको हामिक, मलाई नरोधी दमकल बनाउँछौँ, तिमीहरु जस्ता चालक चाहिँदैन, म नेपाली सेना र सशस्त्रबाट ड्राइभर म गाउँछु तिमीहरु बस्नु पर्दैन जाओ भन्नुभयो, त्यसपछि हामी गएका हौँ ।”

अर्का चालक विकास त्वायनाले कार्यालय प्रमुख गुरागार्इं कहिले काही मात्रै आउने गरेको र दमकल मर्मत गर्दा टिक क्याप्टेन, सूचना अधिकारीलाई जानकारी गराएर कार्यालयको कर्मचारी साथै लगेर मर्मत गराउने गरेको बताउनुभयो ।

कार्यालय प्रमुखले बजेट नदिए पनि चालक आफैँले पैसा हालेरसमेत कतिपय अवस्थामा दमकल मर्मत गर्नुपरेको गुनासो गर्दै उहाँले दमकल जस्तो अत्यावश्यक साधनलाई उहाँले गम्भीररुपमा नलिएको गुनासो गर्नुभयो ।

अर्का चालक राजकुमार श्रेष्ठले विगतमा प्रत्येक महीना स्टाफ बैठक हुने र कार्यालयमा आएका समस्याका बारेमा छलफल गर्ने गरे पनि गत जेठदेखि एकपटक पनि बैठक नबसेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी २४ घण्टा ड्यिुटी गर्छौं, हाकिम कहिले आउँछन् कहिले आउँदैनन्, उहाँ नआउँदा दमकल बनाएर तयारी अवस्थामा राख्ने कि उहाँलाई कुर्ने ? उहाँ जतिदिन नआए पनि हामीलाई चासो छैन, दमकलको काम नरोकिए हुन्थ्यो ।”

गत जेठ १५ गते गुरागाईं कार्यालय प्रमुख भएर आएपछि पाँच जनाले राजीनामा दिएका छन् भने दुई वटा दमकल र एक पानी ट्याङ्की चालू अवस्थामा रहेकामा अहिले एउटा दमकल मात्रै चालू छ, अरु बिग्रिएर थन्किएका छन् ।

कार्यालयमा २४ घण्टा ड्युटी गरेको राशन लिने गरे पनि कार्यालयमा भने एक साताको एकैपटक हाजिर गर्ने र नआउने गरेको कर्मचारीको गुनासो छ । कार्यालयका सूचना अधिकारी विजय धौभडेलले बिग्रिएका दमकल मर्मत गर्न एक महीना अगाडि नै निवेदन दिए पनि सुनुवाइ नहुँदा दमकल थन्किएर बसेको बताउनुभयो ।

कार्यालय अहिले समस्याले जकडिएको बताउँदै उहाँले दमकल जस्तो अत्यावश्यक साधनलाई २४सै घण्टा तयारी अवस्थामा राख्नुपर्नेमा त्यसो हुन नसकेको स्वीकार्नुभयो ।

चालकले छाडेपछि आज यहाँको समस्या लिएर प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई जानकारी गराएको र उहाँले छाडेका चालकलाई फर्काउन भनेपछि आजै चालकलाई आफूले बोलाएको बताउनुभयो ।

उहाँले यहाँको समस्याका बारेमा शनिबार प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई समेत जानकारी गराएको बताउँदै कुनै हालतमा दमकललाई २४ सै घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको धौभडेलले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख गुरागार्इंले आफूलाई कसैले हल्लाउन नसक्ने भन्दै धम्क्याउने गरेको कर्मचारीले गुनासो गरेका छन् । भक्तपुर मात्र नभई उपत्यका, काभ्रे, सिनधुपाल्चोक, रामेछाप, तातोपानीसम्म आगो निभाउन पुग्ने गरेको यहाँका दमकल बिग्रिएर थन्किएपछि ठूलो आगलागी भए के गर्ने भन्ने अन्योलमा रहनुपरेको धौभडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com