ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किवानिज क्लव अफ काठमाण्डौ हेरिटेजबाट विद्यालयमा जाडोको कपडा बितरण


एबीसी न्यूज
मंसिर २२, २०७५ शनिबार  ५ : ५२ बजे

काठमाण्डौ, २२ मंसिर।  किवानिज क्लव अफ काठमाण्डौ हेरिटेजले तार्केश्वर नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका बाल बालिकाहरुलाई जाडोको कपडा बितरण गरेका छन्।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि काठमाण्डौको मुटुमा रहेको तार्केश्वर नगरपालिका-८ डाँडा गाउँ स्थित महादेव स्थान आधारभूत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई जाडोको कपडा ट्रयाक सुट तथा ऊनीको टोपी वितरण गरेको क्लवका सदस्य दिल प्रकाश महर्जनले बताए ।

बाल बालिका तथा विद्यालयको क्षेत्रमा विभिन्न संघ संस्थाहरूले काम गर्ने गरेको भएपनि विपन्न वर्गका बाल बालिका अध्ययनरत सो विद्यालय तर्फ़ राज्य तथा सरोकारवालाहरूको ध्यान जान नसकिरहेको अवस्थामा किवानिज क्लव अफ काठमाण्डौ हेरिटेजले उक्त विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको क्लवका अध्यक्ष राज कुमार श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार काठमाण्डौमा जाडो बढेसँगै विद्यार्थीहरुको संख्या घट्दै गरेकोले विद्यार्थीहरुको नियमित उपस्थिति होस भन्ने उद्देश्यले क्लवका सम्पूर्ण सदस्यहरुले गरेको आर्थिक संकलनबाट जाडोको सामग्री किनेर वितरण गरेको बताए ।

त्यस्तै बाल बालिका राष्ट्रका कर्णधार भएकोले उनीहरुको उज्वल भविष्यले नै देश र राष्ट्रको भविष्य निर्धारण गर्ने भएकोले आफुहरुले बाल बालिका कै क्षेत्रमा काम गर्ने उद्देश्यले क्लवको स्थापना गरेको क्लवकी उपाध्यक्ष मौलिका देउजाले बताइन।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com