ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७ वर्षदेखि अलपत्र भू–उपयोग नक्सा निर्माण सम्पन्न


admin

काठमाडौँ, २ असोज ।  भूमि सुधार तथा व्यवस्था मन्त्रालयले राष्ट्रिय भू–उपयोग आयोजनालाई चाहिनेजति बजेट नदिँदा भू–उपयोग नक्सा बन्न सकेको छैन ।

विसं २०५७ मा भूमिसम्बन्धी नक्सा तयार पार्ने उद्देश्यले आयोजना स्थापना गरिएको थियो । आयोजना स्थापना भएको एक दशकपछि मात्र नक्सांकन शुरु भयो । १७ वर्षमा तराईका २० जिल्लाको मात्र नक्सा तयार भएको छ । आवश्यक मात्रामा बजेटको अभावमा काम गर्न अप्ठ्यारो भएको आयोजना प्रमुख प्रकाश जोशीले बताउनुभयो ।

“बजेटकै अभावमा आर्थिक वर्ष २०६७÷६८ मा २५, आव २०६८÷६९ मा २४, आव २०६९÷७० मा १२६, आव २०७०÷७१ मा ७७, आव २०७१÷७२ मा १४३, आव २०७२÷७३ मा १७७ र आव २०७३÷७४ मा ८२६ स्थानीय निकायको नक्सांकन गरिएको छ, सरकारले आवश्यक मात्रामा बजेट दिए एकै वर्षमा सातै प्रदेशको नक्सांकन सक्छौँ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी पुण्यविक्रम पौडेल आव २०७२÷७३ मा रु २५ करोड, आव २०७३÷७४ मा रु ६० करोड र चालू आव २०७४÷७५ मा रु ७० करोडको हाराहारीमा बजेट विनियोजन गरिएको बताउनुहुन्छ । यसअघिका वर्षमा प्राथमिकता अन्य क्षेत्रमा भएकाले पर्याप्त बजेट भू–उपयोग नक्सांकनमा विनियोजन गर्न नसकिएको मन्त्रालयले जनाएको छ । गत आवमा बजेट बढाइएकाले तराईका २० जिल्लाको भू–उपयोग नक्सा तयार भयो ।

राष्ट्रको समग्र भूमिलाई विभिन्न भू–उपयोगका क्षेत्रमा वर्गीकरण गर्ने, संघ, प्रदेश र स्थानीय तहगत भूू–उपयोग योजना तर्जुमा गर्ने, कृषि भूमिको संरक्षण, स्वच्छ, सुन्दर, सुविधासम्पन्न सुरक्षित बस्ती विकास र दिगो योजनाबद्ध सहरीकरण, वन क्षेत्र, प्राकृतिक सम्पदा, जैविक विविधता एवं सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा सामरिक महत्वका क्षेत्रको संरक्षणका लागि भू–उपयोग योजनाका आधारमा भूमि तथा भूमि स्रोतको उपयोग सुनिश्चित गर्ने उद्देश्यले आयोजनाको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com