ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मलाको हत्याकाण्डमा : आईजीपी खनालकै अघि प्रदीप रावलले यस्तो भने


एबीसी न्यूज
मंसिर २१, २०७५ शुक्रबार  २ : ३६ बजे

काठमाडौं , २१ मङ्सिर।  कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रदीप रावलकै संलग्नता रहेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार रावललले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । यद्यपि प्रहरीले यसबारे औपचारिक धारणा भने सार्वजनिक गरेको छैन ।

उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टि भएको थियो । निर्मला हत्याको आरोपमा मंगलबार साँझ काठमाडौंबाट भीमदत्त नगरपालिका–१८ का प्रदीप रावललाई सीआईबीको टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार १८ वर्षीय रावल लागु औषध दुव्र्यसनी हुन् । प्रदीपका आमाबुबा दुवै भारतको बैंङ्ग्लोरमा रोजगारी गर्दै आएका छन् । स्रोतका अनुसार साउन १० गतेसम्म महेन्द्रनगरमै रहेका प्रदीप साउन ११ गते गड्डाचौकी नाका हुँदै भारतको खटीमा गएका थिए । खटीमामा प्रदीपको मामाघर भएको बताइएको छ ।

स्रोतका अनुसार साउन १० गते प्रदीपले साथीहरुसँगै लागुऔषध सेवन गरेका थिए । घटनास्थल वरपर नै उनीहरुले लागुऔषध सेवन गरेको हुनसक्ने बताइएको छ । स्रोतले भन्यो, ‘‘लागुऔषध सेवन गरेपछि प्रदीपले ‘आज त बढी भयो यार’ भनेका थिए ।’’ प्रदीप पक्राउ परेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा बयान लिइएको थियो । प्रदीपले बयानका क्रममा आईजीपी खनालकै अघि भनेका थिए, ‘‘हत्या मैले नै गरेको हुँ । पक्राउ पर्ने डरले भाग्दै आएको थिएँ ।’’

प्रदीपले निर्मलाको घाँटी दबाएर हत्या गरेको बयानमा उल्लेख गरेको बताइएको छ । घटना स्वीकार गरेका रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको छ । रिपोर्ट भने आएको छैन । एक प्रहरीले भने, ‘‘निर्मला हत्यामा प्रदीपको संलग्नताको कैयौं आधार र प्रमाण भेटिएका छन् । डीएनए पनि हेरिरहेका छौं । सबै कोणबाट अनुसन्धान गहिरिएर गरिरहेका छौं । डीएनए नै एकमात्र विकल्प नहुनसक्छ ।’’

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, अनुसन्धान जारी छ,अहिले सबै कुरा भन्न मिल्दैन ।’’ गत साउन १० गते आफ्नो घरबाट साथीको घरमा जान हिँडेकी भीमदत्तनगर–२ की १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com