ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरकोटबारे चार नगरको निर्णय यस्तो


एबीसी न्यूज
मंसिर २१, २०७५ शुक्रबार  १० : ४६ बजे

बनेपा, २१ मङ्सिर । पर्यटकीय क्षेत्र नगरकोट जाने विदेशी पर्यटकका लागि दोहोरो कर लिएको भन्दै होटल व्यवसायी र स्थानीय बासिन्दाले कर लिने काम बन्द गर्न आग्रह गर्दै विरोध गरिरहेका बेला सो क्षेत्रको सिमानामा परेका चार नगरपालिकाले बिहीबार चार बुँदे निर्णय गरेका छन् ।

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र नगरकोटमा जाने विदेशी पर्यटकलाई दुवै सिमानामा पर्ने नगरपालिकाले दुवैतिरबाट करीब २०० मिटरको दूरीमा झण्डै दुई महीना अगाडिदेखि दोहोरो कर उठाउँदै आएका थिए । सो विषयले चर्को रुप लिइरहेको बेला दुवै जिल्लाको सिमानामा पर्ने चार नगरपालिका काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण र शङ्खरापुर नगरपालिकाले सयुक्त रूपमा चार बुँदे निर्णय गरेकोे मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई जिल्लाबीचका चार नगरपालिकाले समेटेका सिमाना छुट्याउन नापी विभागमा अनुरोध गर्नेे, नगरकोट एकीकृत नगर विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउने र त्यसका लागि मण्डनदेउपुर र चाँगुनारायण नगरपालिकाले खर्च व्यहोर्ने, नगरकोट पर्यटन क्षेत्र घोषणा गर्न नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डलगायत सम्बन्धित निकायमा पहल गर्ने र भक्तपुरबाट नगरकोट जाने सडक ठेक्का लगाएको चार वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले काम नगरेकाले सडक विभागलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पहल गर्ने निर्णय भएको छ ।

मण्डनदेउपुर नगरपालिकाले सार्क राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति रु २२६ र रार्क राष्ट्रबाहेकका नागरिकका लागि रु ३३९ लिने गरेको थियो भने चाँगुनारायण नगरपालिकाले सार्क राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति रु २०० र रार्क राष्ट्रबाहेकका नागरिकका लागि रु ३०० लिने गरेको थियो ।
उक्त नगरपालिकाले भने यही २६ गतेबाट लागू हुने गरी तत्कालका लागि कर उठाउने काम बन्द गर्ने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो । ‘मण्डनदेउपुरले पनि कर उठाउन थालेपछि करको विषयमा धेरै विवाद निस्केका कारण तत्कालको लागि नउठाउने निर्णय गरेका छौँ”, नगरप्रमुख मिश्रले भन्नुभयो ।

भौगोलिक हिसाबले अग्लो ठाउँ भएको र त्यहाँबाट हिमशृङ्खलाका अवलोकन गर्नाका साथै बिहानको सूर्योदय र वरिपरिको प्राकृतिक सुन्दरतामा रम्न गर्न बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com