ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंक तथा वित्तीय संस्थाका निक्षेप संकलनमा बलियो आधार नहुदा बैंकहरुमा लगानी योग्य पुंजीको अभाव


एबीसी न्यूज

काठमाडौं, २१ मंसिर ।  बैंक तथा वित्तीय संस्थाका निक्षेप संकलनमा बलियो आधार नहुदा बैंकहरुमा लगानी योग्य पुंजीको अभाव देखिरहेको छ । बैकहरुमा कर्जाको माग दिन प्रतिदिन बढीरहेको तर निक्षेप बढ्न नसकेपछि बैकिङ तरलाको समस्या विगत ३ वर्षदेखि नै आइरहेको छ । कर्जाको माग अनुसार पुंजी निमार्ण हुन नसक्दा हरेक वर्ष बैकहरु तरलाको सिकार हुदै आएका छन् ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा पछिल्ला केही वर्ष लगानीयोग्य पुंजी अभाव हुदै आएको छ । बंैकिङ तरलताको कारण बैकहरुमा लगानीको रकमको अभावको भइरहेको छ । जसका कारण, बिगत तीन वर्ष यता बैकिङ क्षेत्र तरलाको कारण समस्या पर्दै आएको छ ।

केही बाणिज्य बैकहरुले आफनो लगानीको रेसियो सीसिडी ८० प्रतिशत भन्दा पनि बढि लगानी गर्ने तर निक्षेप संकलनमा बृद्धि गर्न नसक्दा बैकिङ तरलताको समस्या झेल्नु परिरहेको छ । लगानीयोग्य पुंजी अभावको सम्बन्धमा कर्जा, निक्षेप तथा कोर पुंजीको अनुपात (सीसीडी रेसियो) ७७ देखि ७८ प्रतिशत हाराहारीमा देखिदै आएको छ । बाणिज्य बैकहरु अहिले निक्षेपको आधार नबढाइ कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

अहिले २८ वटा बैंकमध्ये केही बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा माथि पुगेको छ । राष्ट्र बैकले यी बैकहरुलाई सचेत समेत गराईरहेको छ । राष्ट्र बैकले लगानीयोग्य पुंजी अभाव हुन नदिन मौद्रिक नीतिबाट सम्बोधन गरेपनि तीन वर्षदेखि लगानी योग्य पुंजीको अभाव हुदै आएको छ ।

राष्ट्र बैकका अनुसार बैंकहरूले कर्जा विस्तारमा संयमित भएर लगानी नगर्दा तरलताको अवस्था आएको जनाएको छ । तर नियमन निकाय भएकोले राष्ट्र बैकले सम्बन्धित बैंक तथा वित्तीय संस्था संयमता अपनाउन भनेपनि कारवाही गर्न सकेको छैन । निक्षेप र कर्जा चक्रिय प्रणाली भएको हुनाले एक दुईदिनमा घटबढ भए पनि प्राथमिक पुजी भने तत्काल बढाउन सम्भव देखिएको छैन । पछिल्लो समय निक्षेप र कर्जा विस्तारमा तालमेल नमिल्दा समस्या आइरहेको राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैक अहिले देखिएको लगानीयोग्य पुजीलाई व्यवस्थित गर्ने सीसीडी कसी लगाउने योजना गरिहेको छ । अहिले पनि बैकहरुको लगानी रियल स्टेट र स्टक मार्केट फसेको अवस्था छ जसको कारण निक्षेप बढ्न सकिरहेको छौन ।

राष्ट्र बैकका अनुसार लगानीयोग्य पुंजी चक्रीय प्रणाली भएकोले कहिले सहज हुन्छ, कहिले असहज हुन्छ । सुपरीवेक्षक निकायको काम अर्थतन्त्रको प्रणाली र तरलताको अवस्थालाई सही ठाउमा राख्ने र व्यवस्थापन गर्नका लागि राष्ट्र बैकले अनुगमन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com