ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ हजार जन्ती सहभागी हुने विवाह पञ्चमी महोत्सव सुरु


एबीसी न्यूज
मंसिर २१, २०७५ शुक्रबार  ८ : ५४ बजे

धनुषा, २१ मङ्सिर  । प्राचीन मिथिला र हाल प्रदेश २ को राजधानी जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ। महोत्सवका लागि जानकी मन्दिर झकिझकाउ बनाइएको छ।

त्रेता युगमा मंसिर शुक्ल  पञ्चमीको दिन आर्दश जोडी राम सीताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृतिअनुसार भएको मानिन्छ। त्रेता युगमा अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको सम्झनामा प्रत्येक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सवको आयोजना गरिन्छ ।

महोत्सवको पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन, शनिबार दोस्रो दिन फुलबारी लीला, आइतबार तेस्रो दिन धनुष यज्ञ, सोमबार चौथो दिन तिलकोत्सव, मंगलबार पाँचौँ दिन मटकोर र बुधबार छैठौं दिन मंसिर २६ गते बिहीबार राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ।

महोत्सवको अन्तिम दिन राम कलेवा गरी जन्तीको विदाइ गर्ने कार्यक्रम तय गरिएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताए।

विवाहपञ्चमी महोत्सवमा आयोधाबाट हात्ति, घोडा र उँट चढेर जन्ती जनकपुर आउने दासले जानकारी दिए। यस वर्ष विवाहपञ्चमी महोत्सवमा ५ सय विशिष्ट र ५ हजार जन्ती सहभागी हुने उनले जानकारी दिए।

विवाह पञ्चमीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ समेत जन्ती बनेर मंसीर २६ गते जनकपुर आउने तयारीमा छन्। विवाहपञ्चमीमा २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ।

विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरण, रंगभूमि मैदान १२ विगाहको सरसफाइ, अस्थायी बास, अस्थायी शौचालयको व्यवस्था गरेको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवका अनुसार मुख्यमन्त्री योगीको सुरक्षा विशेष महत्वपूर्ण भएकाले पाँच हजार प्रहरी परिचालन गरिन लागिएको जनाए।

उनको भ्रमणको समयमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। उनले तीन हजार ५ सय नेपाल प्रहरी र झन्डै एक हजार ५ सय सशस्त्र प्रहरी परिचालन गरिने जनाए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com