ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मलाको हत्याकाण्डमा पक्राउ परेका प्रदीप रावलबारे यस्तो भन्छन आफन्तहरु


एबीसी न्यूज
मंसिर २१, २०७५ शुक्रबार  ७ : ४६ बजे

काठमाडौं, २१ मंसिर । भीमदत्त नगरपालिका–१८ भगतपुरमा पुरानो कच्ची घर छ ।  विपन्न परिवारका उनले स्थानीय बैजनाथ माध्यमिक विद्यालयमा ९ कक्षा पढ्दापढ्दै चार वर्षअघि अध्ययन छाडेका थिए । बुबा टेकबहादुर र आमा राधादेवी रोजगारीको सिलसिलामा बेंग्लोरमा छन् ।  एउटी बहिनीलाई काका बलबहादुरले पालनपोषण गरेका छन् । महेन्द्रनगर बजारमा व्यवसाय गर्दै आएका उनले भने, ‘प्रदीपलाई पनि राम्रोसँग पढ्ने भए पढाइदिन्छु भनेको थिएँ, तर उसले साथीसंगतको लहलहैमा पढाइ छाड्यो ।’

काका बलबहादुर भन्छन्, ‘निर्मला हत्याकाण्डमा दोषी भए उसले सजाय भोग्नुपर्छ । तर, दिलीप विष्टलाई झैँ फसाउन मात्रै खोजिएको भए गरिबमाथि अन्याय हुन्छ । सरकारले त्यस्तो नगरोस् ।’

निर्मला पन्तको हत्या आशंकामा काठमाडौंमा पक्राउ परेका युवक प्रदीप लागुऔषध दुर्व्यसनी हुन् । उनी चोरी र डकैतीमा संलग्न रहेको स्थानीय बताउँछन् । तर, निर्मला प्रकरणमा उनी दोषी छन् कि छैनन् भन्ने अनुसन्धानकै विषय छ ।

निर्मलाको हत्या भएको स्थानभन्दा ६ सय मिटर पश्चिमतर्फको पाले चौधरीको मासुपसलबाट पैसा, ग्यास र कुखुरा चोरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको एक स्थानीयले बताए ।

सोही आरोपमा पक्राउ परेका विशाल चौधरी पनि निर्मला प्रकरणमा पक्राउ परेका छन् । पाले चौधरीको पसल निर्मलाकी साथी रोशनी बमको घरनजिकै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com