ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित


एबीसी न्यूज

डोटी, मङ्सिर २० ।  डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि औषधि सेवन छोडनु भएको छ । आफ्नो रोग निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने उहाँ जिद्दी गर्नुहुन्छ ।

एआरटी सेवन गर्न छाडेपछि धनसरालाई अन्य रोगको सङ्क्रमण हुन थालेको छ । धनसराजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्दै आएका छन् । “स्वास्थ्य संस्थाबाट औषधि लिएर जान्छन् तर घरमा लगेर थन्क्याइदिन्छन्”, सङ्क्रमित कमला मल्ल भन्नुहुन्छ “एक महिलाले २४ महीनासम्मको औषधि घरमै थन्क्याएको पाइयो ।” औषधि सेवन नगरेकै कारण उनको छिट्टै मृत्यु भएको उहाँको जिकिर छ । विसं २०६२ मा पहिलो पटक आफू एचआइभी सङ्क्रमित भएको भन्दै खुल्ला बन्नुभएकी कमला भन्नुहुन्छ, “कयौँ सङ्क्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही राम्रो हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन     गर्दैनन् ।”

पछिल्लो समयमा यस्तो समस्या देखिएको डोटी जिल्ला अस्पतालका डा गिरीस अवस्थी बताउनुहुन्छ । “लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने मानसिकता रहेको पाइयो”, डा अवस्थीले भन्नुहुन्छ, “लगातार औषधिको सेवन गर्न झण्झट मान्ने रहेछन् ।” सोही अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा भुषण मिश्र पनि सङ्क्रमितलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बीचमै सेवन गर्न छाड्ने बताउनुुहन्छ । “लगातार औषधि सेबनले साइड इफेक्ट हुन्छ भन्ने बुझाइ रहेको छ”, डा मिश्र भन्नुहुन्छ, “तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।”

जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कबिहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मी जानकारी दिनुुहन्छ । विश्व एड्स दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा एआरटी सेवन गरिरहेका कुल ७६४ सङ्क्रमितमध्ये १५१ को मृत्यु भइसकेको बताउँदै उहाँ ६० जनालाई जिल्ला बाहिर सिफारिश गरिएको छ । ‘एचआइभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऊँ’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमका सहभागीमध्ये आठ जनाको एचआइभी परीक्षण गरिएकामा कसैमा पनि सङ्क्रमण देखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com