काठमाडौं, १९ मङ्सिर। सरकारले काठमाडौंबासीसग दसैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता गरेको धेरै वर्ष विते । दसैंमा त मेलम्ची आएन नै । भाका नाघेको महिनाभन्दा बढी समय घर्किदासम्म मेलम्चीको पानी काठमाडौं आउने सुरसार छैन ।
पटक/पटक मिति तोक्दै सार्दै गरेको सरकार पछिल्लो समय भने मिति तोक्ने आट गरेको छैन । अहिले पनि कुन मितिमा मेलम्चीको खानेपानी काठमाडौं आउछ भनेर भन्न सक्ने अवस्था कसैसंग छैन । हचुवाको भरमा सस्तो लोकप्रियता कमाउनको लागि नेतृत्वदेखि मन्त्रीसम्मले उपभोक्तालाई झुटो आश्वासन बाढदै आएका छन् । मेलम्ची खानेपानी आयोजना समितिको काम अझै बाकी भएको जनाएकाले उपत्यकामा तोकिएको समयमा खानेपानी आउने छाटकाट छैन ।
मन्त्रीदेखि सचिवसम्मले पानी आउने मिति तोक्दा समेत विविध कारणले मेलम्चीको खानेपानी सम्पन्न हुन सकेको छैन । प्राविधिक समस्या देखि ठेकेदारले समयमै रकम नपाएका समस्या छन । मेलम्चि आयोजनको कुल लागतको २० प्रतिशत सरकारले लगानी गरेको छ । बांकी ८० प्रतिशत लगानी एसियाली विकास बैंकको छ । २०५५ सालबाट औपचारिक रुपमा सुरु गरिएको मेलम्ची खानेपानी आयोजना २० वर्ष हुदाँ समेत चर्चामै छ उपभोगमा होइन । अनेक झमेलाले रोकिदै चल्दै गरेको यो आयोजना कछुवा गति जस्तै छ । यता मेलम्ची खोनेपानी योजनाको काम अन्तिम अवस्थामा पुगेको सरकरावाला भने निरन्तर बताइरहन्छन् ।
दुई दशक लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौबासीले उपभोग गर्ने आशमा छन् । मेलम्चीको पानी बैशाख अगाडि ल्याउने सरकारको तयारीमा भएपनि अझै धेरै आशकाहरु छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर भने काम गरेको दिन गन्न आग्रह गर्छन । सचिव ठाकुरले अबको ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने दाबी गर्छन ।
२५ हजार ९ सय २० मिटर टनेल मध्ये २२ हजार ९ सय ७७ मिटर टनेर सम्पन्न भएको छ । यता पूर्वसचिव भिम उपाध्याय भने दुई महिना भित्र उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने दावी गर्छन । प्राविधिकलगायत विविध समस्याका कारण मेलम्चीको खानेपानी वितरणमा ढिलाई भएको मेलम्चिका जानकारको दाबी छ ।
मेलम्ची खानोपानी आयोजनाको २६ किलोमिटर लामो मुख्य सुरुङको निमार्ण सकिएस“गै अबको केही महिनापछि दैनिक १७ करोड लिटर पानी काठमाडौ भित्रिने छ । यससंगै आयोजनाको दोस्रो चरणमा ¥याङग्री र लार्के नदीबाट दैनिक १७/१७ करोड लिटर गरि ३४ करोड लिटर खानेपानी थप गर्ने गृहकाय समेत सुरु अघि बढेको छ ।







प्रतिक्रिया दिनुहोस्