ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सस्तो लोकप्रियता कमाउन नेतृत्वदेखि मन्त्रीसम्मले उपभोक्तालाई मेलम्चीको झुटो आश्वासन बाँढ्दै ( भिडियोसहित)


एबीसी न्यूज
मंसिर १९, २०७५ बुधबार  १० : ४१ बजे

काठमाडौं, १९ मङ्सिर। सरकारले काठमाडौंबासीसग दसैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता गरेको धेरै वर्ष विते । दसैंमा त मेलम्ची आएन नै । भाका नाघेको महिनाभन्दा बढी समय घर्किदासम्म मेलम्चीको पानी काठमाडौं आउने सुरसार छैन ।

पटक/पटक मिति तोक्दै सार्दै गरेको सरकार पछिल्लो समय भने मिति तोक्ने आट गरेको छैन । अहिले पनि कुन मितिमा मेलम्चीको खानेपानी काठमाडौं आउछ भनेर भन्न सक्ने अवस्था कसैसंग छैन । हचुवाको भरमा सस्तो लोकप्रियता कमाउनको लागि नेतृत्वदेखि मन्त्रीसम्मले उपभोक्तालाई झुटो आश्वासन बाढदै आएका छन् । मेलम्ची खानेपानी आयोजना समितिको काम अझै बाकी भएको जनाएकाले उपत्यकामा तोकिएको समयमा खानेपानी आउने छाटकाट छैन ।

मन्त्रीदेखि सचिवसम्मले पानी आउने मिति तोक्दा समेत विविध कारणले मेलम्चीको खानेपानी सम्पन्न हुन सकेको छैन । प्राविधिक समस्या देखि ठेकेदारले समयमै रकम नपाएका समस्या छन । मेलम्चि आयोजनको कुल लागतको २० प्रतिशत सरकारले लगानी गरेको छ । बांकी ८० प्रतिशत लगानी एसियाली विकास बैंकको छ । २०५५ सालबाट औपचारिक रुपमा सुरु गरिएको मेलम्ची खानेपानी आयोजना २० वर्ष हुदाँ समेत चर्चामै छ उपभोगमा होइन । अनेक झमेलाले रोकिदै चल्दै गरेको यो आयोजना कछुवा गति जस्तै छ । यता मेलम्ची खोनेपानी योजनाको काम अन्तिम अवस्थामा पुगेको सरकरावाला भने निरन्तर बताइरहन्छन् ।

दुई दशक लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौबासीले उपभोग गर्ने आशमा छन् । मेलम्चीको पानी बैशाख अगाडि ल्याउने सरकारको तयारीमा भएपनि अझै धेरै आशकाहरु छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर भने काम गरेको दिन गन्न आग्रह गर्छन । सचिव ठाकुरले अबको ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने दाबी गर्छन ।

२५ हजार ९ सय २० मिटर टनेल मध्ये २२ हजार ९ सय ७७ मिटर टनेर सम्पन्न भएको छ । यता पूर्वसचिव भिम उपाध्याय भने दुई महिना भित्र उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने दावी गर्छन । प्राविधिकलगायत विविध समस्याका कारण मेलम्चीको खानेपानी वितरणमा ढिलाई भएको मेलम्चिका जानकारको दाबी छ ।

मेलम्ची खानोपानी आयोजनाको २६ किलोमिटर लामो मुख्य सुरुङको निमार्ण सकिएस“गै अबको केही महिनापछि दैनिक १७ करोड लिटर पानी काठमाडौ भित्रिने छ । यससंगै आयोजनाको दोस्रो चरणमा ¥याङग्री र लार्के नदीबाट दैनिक १७/१७ करोड लिटर गरि ३४ करोड लिटर खानेपानी थप गर्ने गृहकाय समेत सुरु अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com