ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राप्त उपलब्धिलाई संरक्षण गर्नुभन्दा प्रहार गर्ने तत्व बढ्दै छ : अध्यक्ष प्रचण्ड


admin
मंसिर १६, २०७५ आईतबार  १० : २६ बजे

काठमाडौं,१६ मङसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाउनु भएको छ । वामपन्थी नेता वामदेव क्षेत्रीद्धारा लिखित ‘नेपालको अर्थ राजनीतिः संभावना र चुनौती’ विषयक पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागिपरेको बताउनु भएको हो ।

राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्याराहरु आउनु स्वभाविक भएको भन्दै अध्यक्ष प्रचण्डले त्यसैलाई बहाना बनाएर कांग्रेस संघियता विरोधी बाटोमा हिंडेको अरोप लगाउनु भयो ।

नेपालका आधुनिक किसिमको समाजवाद स्थापन गर्न सबै एक जुट हुनु पर्ने बताउनु भयो ।अध्यक्ष प्रचण्डले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाईनमा काम भईरहेको दाबी पनि गर्नुभयो ।

प्राप्त उपलब्धिलाई संरक्षण गर्नुभन्दा प्रहार गर्ने तत्व बढ्दै गएको भन्दै परिर्वतनका कम्युनिष्टहरुबीच अझै गंभीर ढंगले एकता गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
राजसंस्था फर्काउन लागेकाहरुको दुश्साहस आफुहरुका लागि चुनौतिपुर्ण रहेको भन्दै त्यस तर्फ सजग हुनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले उत्पादनमा बृद्धि गरि जनताको आर्थिक स्तर उकास्न लागि लगिपरेको बताउनुभयो । कार्यक्रममा बोल्दै पुस्तक समलोचकहरुले नेपाली समाजको लागि निकै सन्दभिक रहेको बताउनु भयो । पुस्तकमा नेपाली समाजले लिंदै गरेको विकास र समृद्धि कसरी गर्न सकिन्छ भन्ने पाठ सिक्न खाल्को रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com