
काठमाडौं,१३ मङसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध रहेकोे बताउनु भएको छ ।
मन्त्री अधिकारीले सामाजिक सुरक्षा कार्यक्रम चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सम्बन्धित सबै पक्षलाई साथ दिन पनि आह्वान गर्नु भयो । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनको ३८ औं स्थापना दिवसको अवसर पारेर बिहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले श्रमिकहरुको सम्मानका लागि जीवन पर्यन्त सुविधा दिने गरी सरकारले सामाजिक सुरक्षा कार्यक्रम ल्याएको पनि स्पष्ट पार्नु भयो ।
सामाजिक सुरक्षा कार्यक्रमबाट मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यसको कार्यान्वयनमा गम्भिर भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
मन्त्री अधिकारीले सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयनमा लैजान सरोकारवाला निकायहरुलाई पनि गम्भिर बन्न आग्रह गर्नु भयो । उहाँले श्रमिकहरुलाई अवसर, सेवा र सुविधा दिएर मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको दावी पनि गर्नु भयो ।







प्रतिक्रिया दिनुहोस्