ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट


admin
मंसिर १२, २०७५ बुधबार  ५ : ०४ बजे

हेटौँडा, १२ मङ्सिर । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ ।

यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती नष्ट गरिएको हो ।

कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लाबाट छुट्टाछुट्टै तीन वटा समूहमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–९ को सानो टोड्के, वडा नं ८ को काँकडा, वडा नं ७ गर्लिङ र कैलाश गाउँपालिका–४ सर्सिङ र लिप्चेमा लगाइएका गाँजा खेती २८ बिघा १० कट्ठा र अफिम आठ बिघा नष्ट गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालित अभियानमा ६० प्रहरी परिचालित छन् ।

दोस्रो चरणको अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानमा २२१ बिघा चार कट्ठा गाँजा तथा १०७ बिघा जमीनमा लगाइएको यस्ता अवैध खेती नष्ट गर्ने लक्ष्य रहेको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ ।

अवैध गाँजा तथा अफिम खेती गर्ने स्थान अत्यन्त दुर्गम स्थानमा पर्नुका साथै यातायात मार्ग र सवारी साधनको पहुँच नभएको र जिल्लाको सदरमुकाम तथा प्रहरी प्रशासनको सहज पहुँचभन्दा धेरै टाढा रहेको हुँदा विगतदेखि गाँजाको खेती तथा उत्पादन हुने गरेको बताइन्छ ।

उक्त स्थानमा प्रहरीले गाँजा तथा अफिम फँडानीको साथसाथै स्थानीय जनसमुदायमा लागुऔषधको उत्पादन, बेचबिखन र दुव्र्यसनविरुद्ध पर्चा पम्पलेट वितरण गरी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

उक्त कारवाहीको क्षेत्रमा गाँजाखेतीको विकल्पमा अन्य कृषि पेशा अपनाउन सरकारी स्तरबाट आवश्यक सहयोगका कार्यक्रम ल्याउनुपर्ने स्थानीयले माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com