
काठमाडौं,१२ मङसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाईडबढि विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।
मन्त्री अधिकारीले सो विमान खरिद प्रकरणको छानवीन गरिरहेका संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गम्भिरतापूर्वक छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नु भयो ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले नेपाल एयेरलाईन्सलाई कम्जोर बनाउने नियतका साथ छानवीन गर्ने काम भने नगर्न पनि पटक–पटक सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।
मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दोहो¥याउँदै गलत गर्नेमाथि कडा कार्वाही गर्न मन्त्रालय तयार रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले छानवीन गर्ने निकायलाई सरकारले आवश्यक सहयोग गरिरहेको पनि बताउनु भयो ।
मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायतका छानवीन गर्ने निकायको प्रतिवेदन नआएसम्म सो सम्बन्धमा धैर्यता गर्न पनि सबैलाई आग्रह गर्नु भयो । उहाँले नेपाल एयरलाईन्सलाई प्रभावकारी बनाउन रणनीतिक साझेदारीको खोजी भईरहेको पनि जानकारी दिनु भयो ।
मन्त्री अधिकारीले आगामी मार्च भित्र वाईडबढि विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना पनि अघि सार्नु भयो । मन्त्री अधिकारीले सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँनयाँ गन्तव्यको खोजी कार्यलाई तीव्रता दिइएको पनि स्पष्ट पार्नु भयो ।
उहाँले एक वर्ष भित्र नेपालको कूल ग्राहस्थ उत्पादनमा कम्तिमा १० प्रतिशत योगदान दिने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्त्री अधिकारीले नौं महिना भित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने पनि बताउनु भयो ।
मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई पनि सुरु गर्ने तयारी गरिरहेको बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्