ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री थापाले सशस्त्र प्रहरीलाई दिए यस्तो निर्देशन 


admin

काठमाडौं,९ मङसिर । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई राज्यले तोकेको कामलाई जिम्मेवारीपूर्वक निर्वाह गरी शान्तिसुरक्षालाई मजबुद बनाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा सञ्चालित सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालीमको आज दीक्षान्त समारोहमा गृहमन्त्री थापाले जनताप्रति समर्पित भई अनुशासित र लगनशीलताका साथ काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो ।

उहाँले नेपाललाई समृद्ध बनाउने सरकारको एकमात्र सङ्कल्प रहेकाले सुरक्षा निकाय जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “लोकतन्त्रको संस्कार, विधिको शासन, कानूनी राज्यको मूल मर्मलाई आत्मसात् गर्दै जनताप्रति पूर्ण बफादार रही सरकारका कामलाई इमान्दार र जिम्मेवारपूर्णरुपमा काम गर्न आग्रह गर्दछु ।”

नेपाल सरकारले दिएको कार्यदिशा सीमा सुरक्षा, अपराध नियन्त्रण, सशस्त्र समूहको गतिविधि नियन्त्रण, औद्योगिक सुरक्षा नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिँदै जनताको मन जितेर प्रभावकारी काम गर्न आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरीले अहिलेसम्म गरेको कामको प्रशंसा गर्दै गृहमन्त्री थापाले आफ्नोतर्फबाट सशस्त्र प्रहरी बलको सुदृढीकरण र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले परिवर्तित समयानुसार सुरक्षा चुनौतीलाई सामना गर्न आवश्यक खतराको विष्लेषण गरी सुरक्ष बलियो बनाउन पनि आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देशका विभिन्न भागमा रहेर सशस्त्र प्रहरी बलले राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत् विपद्को उद्धार कार्यमा राज्यले सुम्पिएको दायित्व पूरा गर्दै आएको बताउनुभयो ।

सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीममा तीन महिलासहित कूल ५४ तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालीममा एक महिलासहित १० प्रशिक्षार्थीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com