ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेग्मीको ‘हरितारा’ खण्डकाव्य विमोचित


admin
मंसिर ९, २०७५ आईतबार  १ : ४८ बजे

पर्वत, ९ मङ्सिर । कवि एवं साहित्यकार टुकनाथ रेग्मी (बेलुराम) को दोस्रो खण्डकाव्य ‘हरितारा’ विमोचन भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने र बसाइँ सरेर शहर झर्ने युवालाई स्वदेश र गाउँमै बस्न आग्रह गरेर यो खण्डकाव्य तयार भएको कवि रेग्मीले बताउनुभयो ।

गाउँघरमा जमीन बाँझिएको, पारिवारिक विखण्डन बढेको, धार्मिक र सांस्कृतिक विचलन आउँदै गरेका कारण बसाइँसराइ र वैदेशिक रोजगारीमा नगई गाउँघरमा नै उद्यम तथा मेहनत गर्न यो काव्यले सन्देश दिएको छ । हरि र तारा पात्रमार्फत जन्मभूमिको माया जगाउन रेग्मीले प्रयास गर्नुभएको छ ।

‘गाउँका जग्गा, अन्नका रास, खेत र बारी
जन्मेको भूमि मुटु झै प्यारो, हे मेरी पियारी’

पर्वतलाई कर्मक्षेत्र बनाएर लेखन कर्म गर्दै आउनुभएका रेग्मीले यसअघि ‘बेलूराम’ खण्ड काव्य प्रकाशित गरिसक्नुभएको छ । ‘बेलूराम’ खण्डकाव्यलाई दोस्रो ‘मुनामदन’ को रुपमा चर्चा गरिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमीरेले पनि बेलूरामलाई दोस्रो मुनामदन भन्नुभएको थियो ।

पुस्तक विमोचन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मुलुक निर्माणका लागि आफ्ना पाखा पखेरालाई हराभरा बनाउने र गाउँमै बसेर पनि आम्दानी गर्न सकिन्छ, भन्ने सन्देश खण्डकाव्यले दिएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारी नेपालीको बाध्यता भए पनि अब विदेशमा आर्जन गरेको सीप र पूँजीलाई देश विकासमा लगाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

सम्बन्धित

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिँदै

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com