ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

बजाज मास्टर मेक कार्यक्रम २०१८ बुटवल र काठमाडौमा सम्पन्न


admin
मंसिर ८, २०७५ शनिबार  ४ : १७ बजे

काठमाडौं, ८ मङसिर । नेपालका लागि बजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि. ले बुटवल र काठमाडौमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।

यो कार्यक्रमको मूल उद्देश्य देशभरिका बजाजका विक्रेताहरुका प्राविधिकहरुलाई सहभागी गराउने, प्राविधिकतवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने हो ।

साथै प्रतिस्पर्धीहरु मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने पनि हो, साथै विजय नहुने प्रतिस्पर्धीहरुलाई आफ्नो कम्जोरि पहिल्याउन सहयोग गर्दै सुधारको लागि कार्य गर्न अभिप्रेरित गर्ने पनि हो ।

यो प्रतियोगीतालाई एचएच वजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय चरणमा गरि ४ चरणमा सञ्चालन गर्ने जानकारी हंसराज हुलास चन्दका तालिम विभागिय प्रमूख श्री उमेश श्रेष्ठले गराउनु भएको छ ।

प्रतियोगीताका क्रममा प्राथमिक चरणमा ५४१ जना प्रतियोगिहरु मध्येबाट क्षेत्रीय चरणका लागि १३० जना प्रतियोगिहरु छनोट भएका थिए ।

ती मध्ये बुटवल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १८ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुको प्रतियोगितामा नेपालगन्जको नेपाल ट्रेड च्यानलबाट भुवनेश्वर सिंह ठाकुरले प्रथम, सुर्खेतको असीम अटो पार्टसबाट धनबहादुर डेङगा मगरले दोस्रो र कावासोतीको चेक इन अटोबाट नरेश कुमार महतोले तृतिय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगितामा दलदलेको बाइक केयर सेन्टरबाट भुषण कुमार कुशवाहाले प्रथम, पाल्पाको राजनशाहीले द्घितिय र सल्ली बजारका किरण अटो पार्टसबाट समसुलहक खानले तृतिय स्थान हासिल गरे ।

ती मध्ये काठमाडौक्षेत्रबाट विक्रेताहरुको तर्फबाट १९ जना प्रतिस्पर्धीहरुर आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुकोप्रतियोगितामा कुमारीपाटीकोएम एण्ड एम मोटरसाइकल सपी बाट सुनिल महर्जनले प्रथम, नया बानेश्वरको अटो भ्युबाट हरेन्द्र चौधरीले दोस्रो र भक्तपुरकोएस एण्डएस इन्टरप्राइजेजबाट पुष्कर महर्जनले तृतिय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुकोप्रतियोगितामा ठेचोकोबिष्णु मोटरसाइकल वर्कशपबाटबिनोद महर्जनले प्रथम, दहचोककोदिप ज्योति ट्रेड कन्र्सनबाट प्रवेश पुडासैनिले दोस्रो र गोदावरीका हाम्रो मोटरसाइकल वर्कशपबाट रिकेश्वर श्रेष्ठले तृतिय स्थान हासिल गरे ।

यस्ता प्रकारका प्रतियोगीताहरुले प्राविधिकहरुको ज्ञान र सिप निखारिने तथा अभिवृद्घि हुने र कार्यगत विश्वास बढने र अभिप्रेरित पनि गर्ने कुरामा हंसराज हुलासचन्द एण्ड कम्पनीर बजाज अटो लिमिटेड पूर्ण रुपमा विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com