ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

मौरीपालक किसानको गुनासो :दोषी पहिचान र क्षतिपूर्ति दुवै भएन


admin
मंसिर ८, २०७५ शनिबार  ३ : २८ बजे

काठमाडौं,८ मंसिर । गत कात्तिक ६ गते घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा ४४ घार मौरीमा एकै पटक विष हालेर मारियो । किसानले ठूलो लगानी र मेहनत गरेर पालेको मौरीमा एकै पटक विषादी पर्दा मौरीपालक किसान चिन्तित भए ।

दोषीलाई कारवाही र उचित क्षतिपूर्तिको मागसँगै किसानले जिल्ला प्रहरी, घोराही उपमहानगरपालिका र पाँच नं प्रदेश कार्यालयमा समेत निवेदन दिए । तर, घटना घटेको एक महीना पुगिसक्दासमेत कुनै प्रकारको पहल नभएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

बि एण्ड बिपी मौरी फार्मका विकास नेपालले आफूहरुलाई प्रहरीले पनि दोषीको खोजीकार्यका लागि कुनै पहल नगगरेको गुनासो गर्दै छिटोभन्दा छिटो पहल गरिदिन प्रहरी र स्थानीय निकायलाई आग्रह गर्नुभयो ।

उहाँले आफूहरुको अब मौरीको याम (मौसम) सकिन लागेको र फेरि मौरीका घारहरु चितवन लगेर फर्कनुपर्ने समय आइसक्दासमेत न्यायका लागि पहल नहुनु दुःखद् भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “दोषी पत्ता लगाई कारवाहीको माग गर्दैै प्रहरीमा निवेदन दिएँ, तर अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन ।” रातको समयमा कसले र किन मौरीमा विषादी हाल्यो भन्ने कुरा अझै प्रहरीबाट पत्ता लाग्न नसकेको अर्का पीडित किसान सूर्यबहादुर सिंजालीले बताउनुभयो ।

उक्त घटनामा मौरीपालक किसानले ४४ घार मौरी नष्ट हुँदा करीब रु १६ लाख जतिको क्षति भएको थियो । चितवनका नेपालको ४० र अर्का किसान सिंजालीको चार घार मौरीमा विषादी हालिएको थियो ।

“नेपाल सरकारको मातहतमा रहेर फार्म सञ्चालन गरिरहेको छौँ”, सिंजालीले भन्नुभयो, “मौरी व्यवसाय सञ्चालक गरेवापतको कर पनि सरकारलाई तिरिरहेका छौँ, तर न्याय पाउन सकेका छैनौ ।” जिल्ला प्रहरी कार्यालय दाङका राजन गौतमले घटनाको अनुसन्धान गरिरहेको बताउनुभयो ।

उहाँले मरेका घारमा विषादी हालिएको हो वा होइन भनेर प्राविधिक जाँचको लागि कृषि अनुसन्धान केन्द्र खुमलटार काठमाडौंमा पठाएको र उक्त विवरण आएपछि कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख भरत पोखरेल मौरीमा विषादी हालिएको घटनामा क्षतिपूर्तिको व्यवस्था नभए पनि अवस्था हेरेर उपमहानगरले निर्णय गर्ने बताउनुभयो ।

उहाँहरुको मौरी फार्म अनुगमनको लागि ५ नं प्रदेशकी भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले समेत स्थलगत अनुगमन गरी दोषीलाई कडा कारवाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिर्ने आश्वासन दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com