ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा त स्वर्गकै टुक्रा रहेछः ‘फिलिपिनो राजकुमारी’


एबीसी न्यूज
मंसिर ६, २०७५ बिहीबार  ६ : १० बजे


चिप्लेढुङ्गा, ६ मङ्सिर ।   सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गर्नुभएको छ ।

पहिलो पल्ट पोखरा आउनुभएका उहाँले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताउनुभयो । उहाँ थाइल्याण्डका शान्तिदूत अपिनिता चाइचानसँग नेपाल आउनुभएको हो । चाइचान पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्ट) का कार्यकारी अधिकृत हुनुहुन्छ ।

सोही अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको विशेष निमन्त्रणमा पोखरा आउनुभएका डा अमोरले विश्वका विभिन्न देश घुमेको अनुभव सुनाउँदै पोखराको सौन्दर्यको वर्णन गर्नुभयो । “एशियाको स्वीट्जरल्याण्ड भनेर चिनिने पोखरा अवर्णित शहर रहेछ । यहाँको वातावरण नै रमणीय लाग्यो । प्राकृतिक दृश्य पनि उस्तै लोभलाग्दो, मान्छे झनै सुन्दर”, उहाँले पोखरा आउनुअघि नै पोखराको सुन्दरताको निकै चर्चा सुनेको र यो ठाउँमा आउन तीव्र इच्छा रहेको बताउनुभयो ।

उहाँले अल्ट्रालाइटबाट माउण्टेनको दृश्य अवलोकन गर्ने रहर छ भन्दै मौसम कति बेला खुल्छ भनेर कुरिरहेको बताउनुभयो । पोखराको केआइ सिंह पुल पुगेर हिमालबाट बगेको पानीलाई शरीरमा छर्कँदै नजिकै रहेको शिव मन्दिरमा पूजारीको हातबाट उहाँले टीकासमेत लगाउनुभयो । उहाँसँगै रहनुभएका सामाजिक अभियानकर्मी चाइचानाले पनि पोखराका दृश्य लोभलाग्दो भएको प्रतिक्रिया दिनुभयो ।

उहाँहरुले पोखराको आसपास र फेवातालमा डुङ्गा चढेर बाराहीको दर्शन गर्नुभएको । हरेक धर्मले एकार्काबीच सम्बन्ध स्थापना गरेर मानवीय सेवामा लाग्न प्रेरणा दिन्छ भन्दै धर्मका नाममा मानव मानवबीच भइरहेका द्वन्द्व धर्मविरोधी भएको प्रतिक्रिया दिनुभयो ।

ट्राभल प्रिन्सेसको नामले समेत प्रसिद्धि पाउनुभएका डा मारियाले शिक्षा स्वास्थ्यबाट वञ्चित र सीमान्तकृत वर्गका क्षेत्रमा विश्वव्यापी रुपमा भ्रमण गरेर विशेष योगदान पु¥याउँदै आउनुभएको छ । त्यसैगरी चाइचान पनि नमोबुद्ध क्लबका अध्यक्ष हुनुहुन्छ । सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएको उहाँ अन्तर्राष्ट्रिय महिला शान्ति समूहका शान्तिदूतसमेत हुनुुहुन्छ ।
मानवीय सेवा नै शान्तिको आधार भएको चाइचानाले बताउनुभयो । महिला, ज्येष्ठ नागरिक र बालबालिकाका क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएका उहाँले आफ्नो जीवनको ऊर्जाशील समयलाई मानवीय सेवामा अर्पण गरिने बताउनुभयो । पोखरामा उहाँहरुलाई ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालकी निर्देशिका परिणिताले स्वागत गर्नुभएको थियो । उहाँहरुले शान्तिको विकल्प छैन भन्दै मनबाट शान्तिको कामना गरेर सकारात्मक सोच राख्दै अघि बढे हिंसा घट्दै जाने विचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com