
काठमाडौं, ५ मंसिर । एकजना पूर्व लडाकुले गृह मन्त्रालयमा नै पुगेर विष पिएका छन् । आफ्ना माग सुनुवाई नभएको भन्दै उनले गृहमन्त्रालयमा गएर विष पिएका हुन् । उनी लामो समयदेखि खुट्टामा गोली लागेकै अवस्थामा हिडिरहेका छन् ।
कालीकोटमा पूर्व लडाकु कूलप्रसाद भटराइले मन्त्रालयमा गएर विष पिएपछि उनलाई तत्काल उपचारका लागि प्रहरीले बीर अस्पताल पुर्याएका थिए । उनको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनले भेट गर्न नसकेको मन्त्रालयका एक अधिकारीले बताए ।







प्रतिक्रिया दिनुहोस्