ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट


एबीसी न्यूज
मंसिर ४, २०७५ मंगलबार  ७ : १८ बजे

 

परासी, ४ मङ्सिर  । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ ।

चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर क्षेत्रफल कृषियोग्य जमीन छ । कृषि भूमिमा प्रति कट्ठा रु एक लाख ३२ हजारका दरले मूल्याङ्कन गरी नगरपालिकाले कर लगाउँदै आएको छ । त्यसलाई १०० प्रतिशत मानी ८० प्रतिशत घटाएर बाँकी आउने २० प्रतिशत मूल्यमा मात्र कर लिने रामग्राम नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।

नगरपालिकाले रु दश लाखसम्म सम्पत्ति भएकालाई रु २०० र रु २५ लाखसम्म सम्पत्ति भएकालाई रु एक हजारको दरले कर लिँदै आएकामा अबदेखि कृषियोग्य जग्गा छुट्याएर कर छुट दिने भएको छ । जग्गाको मूल्याङ्कन भने नघटाइने गुप्ताले बताउनुभयो । कृषियोग्य जमीनमा लाग्ने कर शून्य प्रतिशतमा झार्ने प्रावधान नभएकाले २० प्रतिशत मात्र कर लिन लागिएको नगर प्रमुख गुप्ताको भनाइ छ । “घडेरी र भौतिक संरचनामा कर यथावत रहनेछ,” उहाँले भन्नुभयो, “कर छुट मङ्सिर १४ गते हुने नगरसभाबाट निर्णय गराई लागू गरिनेछ ।”

नगरपालिकाले ११ प्रकारका सिफारिशमा लिँदै आएको शुल्क पनि हटाउने भएको छ । कृषि बीमा, दुर्घटना बीमा, क्रिया खर्चका लागि जरना दाउरा, अपाङ्ग अशक्तका लागि जुनसुकै सिफारिश, दीर्घ खालका रोगको औषधोपचार, दैवी प्रकोप सहायता, सार्वजनिक बाटोघाटो तथा अन्य सार्वजनिक प्रकृतिका जग्गाको लगत कट्टासम्बन्धी सिफारिश, सडक सिमाना क्षेत्रभित्र परेका संरचना तथा जग्गाको कर र घर नक्सा संशोधनसम्बन्धी कर, सार्वजनिक हितका लागि गैर नाफामूलक सङ्घ संस्थाको लागि निर्माण हुने भवनको घर नक्सा पास दस्तुर, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षासम्बन्धी दर्ता तथा नवीकरणजस्ता सिफारिशमा लाग्दै आएको शुल्क अबदेखि नलिने गुप्ताले बताउनुभयो । ती सिफारिश दिँदा यसअघि नगरपालिकाले रु १५० देखि रु ५०० सम्म दस्तुर लिने गरेको थियो ।

कृषि जमीनमा कर छुट दिने तथा ११ प्रकारका सिफारिश निःशुल्क गर्ने भएपछि अब नगरको आन्तरिक स्रोतमा कमी आउने छ । कर वृद्धि गर्दा चालु आवमा कूल रु पाँच करोड आन्तरिक आय हुने प्रक्षेपण गरिएकामा अब रु चार करोडको हाराहारीमा मात्रै उठ्ने अनुमान गरिएको छ । गत वर्ष नगरपालिकाले रु दुई करोड ७४ लाख आन्तरिक आम्दानी गरेको कार्यालयका लेखापाल सञ्जय शर्माले जानकारी दिनुभयो । नगरपालिकाका पदाधिकारीको तलब भत्तामा मात्रै वार्षिक रु एक करोड ६० लाख खर्च हुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com